आईतवार, असार १,२०८२ 10:26:52
  • आईतवार, असार १,२०८२ 10:26:52
Global IME Bank Limited

‘अमेरिकाको सेयर,बोण्ड र रियल स्टेट क्षेत्र क्रयास हुँदैछ, जति सकिन्छ सुनचाँदी खरिद गर्नुस्’

Hyundai Nepal
‘अमेरिकाको सेयर,बोण्ड र रियल स्टेट क्षेत्र क्रयास हुँदैछ, जति सकिन्छ सुनचाँदी खरिद गर्नुस्’
Nabil Bank Limited

काठमाण्डौ । धनी बन्ने र धेरै पैसा कमाउने सपना प्रत्येक व्यक्तिको हुन्छ । कुनै पनि वित्तीय संकटको सामना गर्नु नपरोस् भन्ने चाहना समेत सबैको हुन्छ । यसका लागि मानिसहरुले जोडतोडको मेहनत गर्छन् । तर सबैले भने यो सपनालाई पुरा गर्न सक्दैनन् । केहि व्यक्ति छिटो पैसा कमाउनका लागि सेयर बजार,बोण्ड र रियल स्टेट क्षेत्रमा लगानी गर्छन् । तर प्रसिद्ध पुस्तक,‘रिच ड्याड पोर ड्याड’का लेखक रोबर्ट टी कियोसाकीको विचार भने अन्यको भन्दा पृथक छ । उनले पुनःखराब समयका बेला सुनचाँदीको लगानी सुरक्षित हुने बताएका छन् ।  

चर्चित लेखक रोबर्ट टी कियासाकीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी लगानीकर्तालाई लगानीका लागि सल्लाह दिदैँ सुनचाँदीको लगानी अन्यभन्दा सुरक्षित हुने बताएका छन् । उनले आफ्नो पोष्टमा लेखेका छन्,‘यहाँ सबै बबल मात्रै छ । अमेरिकाको स्टक,बोण्ड रियल एसेस्ट क्रयास हुँदैछ’ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आफ्नो पोष्टमा उनले अमेरिकामा लगातार बढीरहेको कर्जाको विषयमा समेत चर्चा गरेका छन् । उनले ९० दिनको अवधिमा अमेरिकाको ऋण १ ट्रिलियन डलर बढेको र अमेरिका टाट पल्टने अवस्थामा पुगेको बताएका छन् । उनले अमेरिकी लगानीकर्तालाई सुनचाँदी र बिट्क्वाइनमा लगानी गर्न सुझाव दिएका छन् । उनले अमेरिकी अर्थतन्त्र बर्बाद हुन लागेको र यसबाट बच्नका लागि सुनचाँदी र बिट्क्वाइन सहारा बन्न सक्ने बताएका छन् ।  

उलने एक्समा क्याथी वुडले बिट्क्वाइनको मूल्य २.३ मिलियन डलरसम्म पुग्ने बताएको र आफुलाई उनको प्रक्षेपणमा विश्वास भएको बताएका छन् ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.