आईतवार, जेष्ठ ३,२०८३ 06:34:57
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:34:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालका लागि आइएमएफको विस्तारित कर्जा सुविधा २०२६ जुलाईसम्म कायम

Laxmi Sunrise Bank Limited
नेपालका लागि आइएमएफको विस्तारित कर्जा सुविधा २०२६ जुलाईसम्म कायम
Shivam Cement

काठमाण्डौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि सञ्चालनमा रहेको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको अवधि दुई महिना थप गर्ने निर्णय गरेको छ।  

आइएमएफले बुधबार जारी गरेको विज्ञप्तिअनुसार अब उक्त कार्यक्रम सन् २०२६ जुलाई ११ सम्म लागू रहनेछ। 

Bizshala
New Office
CG Motors

आइएमएफका अनुसार इसिएफ कार्यक्रमअन्तर्गत सातौँ तथा अन्तिम समीक्षा सम्पन्न गर्न पर्याप्त समय सुनिश्चित गर्न कार्यक्रमको अवधि लम्ब्याइएको हो।

नेपालका लागि ३८ महिनाको इसिएफ कार्यक्रम सन् २०२२ जनवरी १२ मा स्वीकृत गरिएको थियो।  

यस कार्यक्रमअन्तर्गत नेपालले २८ करोड २४ लाख २० हजार अमेरिकी डलर, अर्थात् एसडीआर कोटाको १८ प्रतिशत बराबरको पहुँच प्राप्त गरेको थियो।

Garima Development Bank
Shivam Cement
IME remit

आइएमएफले सातौँ तथा अन्तिम समीक्षाको प्रक्रिया पूरा गर्न आवश्यक समय उपलब्ध गराउन कार्यक्रमको अवधि थप गरिएको स्पष्ट पारेको छ।

नेपालले आइएमएफसँगको इसिएफ कार्यक्रममार्फत वित्तीय स्थायित्व कायम गर्ने, विदेशी मुद्रा सञ्चिति मजबुत बनाउने, सार्वजनिक वित्त व्यवस्थापन सुधार गर्ने तथा आर्थिक सुधारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.