आईतवार, जेष्ठ ३,२०८३ 06:34:57
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:34:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सूर्यमुखी तेल प्रकरणमा ओमकार आयलका सञ्चालक विजय श्रेष्ठ पक्राउ

Laxmi Sunrise Bank Limited
सूर्यमुखी तेल प्रकरणमा ओमकार आयलका सञ्चालक विजय श्रेष्ठ पक्राउ
Shivam Cement

काठमाण्डौं । सूर्यमुखी तेल ब्रान्ड ‘छहारी’ र ‘ओमकार’ उत्पादन गर्दै आएको ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा सूचना अधिकारी एसपी गौतम मिश्रका अनुसार श्रेष्ठ बिहीबारदेखि प्रहरी हिरासतमा छन् ।

Bizshala
New Office
CG Motors

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मापदण्डविपरीत कम मात्रामा तेल भरेर बिक्री गरेको आरोपमा बुधबार उनलाई पक्राउ गरेको थियो ।  

त्यसपछि उनलाई बिहीबार ललितपुर प्रहरीको जिम्मा लगाइएको हो ।

प्रारम्भिक अनुसन्धानअनुसार ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित महादेव खोलामा सञ्चालन हुँदै आएको उद्योगबाट एक लिटर र आधा लिटरका प्याकेटमा तोकिएको मात्राभन्दा कम तेल भरेर बिक्री गरिएको पाइएको प्रहरीले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

विशेष सूचनाका आधारमा गरिएको अनुगमनका क्रममा प्रहरीले ९०५ कार्टुन सूर्यमुखी तेल बरामद गरेको छ ।

एसपी मिश्रका अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.