आईतवार, जेष्ठ ३,२०८३ 06:36:15
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:36:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उच्च शिक्षामा नयाँ नेतृत्व खोज्दै सरकार, १० दिनको समय दिएर आठ विश्वविद्यालयका उपकुलपति पदका लागि आवेदन खुला

Laxmi Sunrise Bank Limited
उच्च शिक्षामा नयाँ नेतृत्व खोज्दै सरकार, १० दिनको समय दिएर आठ विश्वविद्यालयका उपकुलपति पदका लागि आवेदन खुला
Shivam Cement

काठमाण्डौं । सरकारले देशका आठ प्रमुख विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरेसँगै उच्च शिक्षाको नेतृत्व संरचना पुनः गठन गर्ने प्रक्रिया अघि बढेको छ।

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेका उपकुलपति पदहरू भर्न यो प्रक्रिया अघि सारिएको हो।

 

Bizshala
New Office
CG Motors

छनोट तथा सिफारिस समितिले योग्य उम्मेदवारहरूलाई १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत आवेदन दिन आग्रह गरेको छ। 

मन्त्रालयले उपकुलपति छनोटसम्बन्धी कार्यविधि पनि सार्वजनिक गरेको छ।

यसअघि अध्यादेशमार्फत करिब १५ सय नियुक्ति खारेज भएपछि धेरै विश्वविद्यालयमा नेतृत्वविहीन अवस्था सिर्जना भएको थियो। 

 

Garima Development Bank
Shivam Cement
IME remit

त्यसपछि यो प्रक्रिया विश्वविद्यालय प्रशासनलाई पुनः व्यवस्थित गर्ने प्रयासका रूपमा हेरिएको छ।

शिक्षा मन्त्री सस्मित पोखरेलको नेतृत्वमा बनेको सिफारिस समितिमा  शिक्षा सचिव चुडामणि पौडेल  र राष्ट्रिय योजना आयोगमा शिक्षा हेर्ने सदस्य रेसु अर्याल ढुगाना सदस्य रहेका छन्। 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.