आईतवार, जेष्ठ ३,२०८३ 06:36:50
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:36:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

समस्याग्रस्त ११ सहकारीका ठूला ऋणीहरुलाई नामावली प्रकाशित, यथाशिघ्र ऋण चुक्ता गर्न आग्रह

Laxmi Sunrise Bank Limited
समस्याग्रस्त ११ सहकारीका ठूला ऋणीहरुलाई नामावली प्रकाशित, यथाशिघ्र ऋण चुक्ता गर्न आग्रह
Shivam Cement

काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले विभिन्न ११ वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीहरुको नाम प्रकाशित गरी तुरुन्त कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै वैशाख २३ गतेको निर्णयअनुसार २० सहकारीमध्ये ११ सहकारीका ठूला ऋणीहरुका लागि यस्तो आग्रह गरेको हो । यसअघि समितिले गत २४ गते १० ठूला सहकारीका ९२ जना ठूला ऋणीहरुको नाम प्रकाशित गरेको थियो  ।

Bizshala
New Office
CG Motors

हाल प्रकाशित सूचीमा ११ वटा समस्याग्रस्त सहकारीका १०९ वटा ठूला ऋणीहरुको नाम प्रकाशित गरी कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनिएको छ । अन्यथा कानूनबमोजिम ऋण असुली गरिने समेत सूचनामा उल्लेख छ ।

साथै ऋण नतिर्ने अन्य ठूला ऋणीहरुको नामावली क्रमिक रुपमा प्रकाशित गरिने कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित नामावलीमा कृषि विकास बहुदेश्यीय सहकारी संस्था लिमिटेडको १०, गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको लिमिटेडको १०, लुनिभा बहुदेश्यीय सहकारी संस्था लिमिटेडको ९, हाम्रो कृषि सहकारी संस्था लिमिटेडको १०, प्यासिफिक सेभिङ एण्ड क्रेडिट कोअपरेटिभको १०, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०, पशुपति सेभिड एण्ड क्रेडिट लिमिटेडको १०, शिवशिखर बहुदेश्यीय सहकारी संस्था लिमिटेडको १०, स्ट्यान्डर्ड सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडको १० र लालिगुँरास बहुदेश्यीय सहकारी संस्था लिमिटेडका १० ठूला ऋणीहरुको नाम सार्वजनिक भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.