आईतवार, जेष्ठ ३,२०८३ 05:19:29
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:19:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कृत्रिम मूल्यवृद्धिविरुद्ध सरकारको कडा कदम, सोमबारदेखि देशभर विशेष बजार अनुगमन अभियान हुने

Laxmi Sunrise Bank Limited
कृत्रिम मूल्यवृद्धिविरुद्ध सरकारको कडा कदम, सोमबारदेखि देशभर विशेष बजार अनुगमन अभियान हुने
Shivam Cement

काठमाण्डौं ।  बजारमा बढ्दो मूल्यवृद्धि, कृत्रिम अभाव र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले देशव्यापी विशेष अनुगमन अभियान सञ्चालन गर्ने भएको छ ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा सोमबारदेखि ‘मूल्य पारदर्शिता सप्ताह’ शुरु गर्न लागिएको हो ।

Bizshala
New Office
CG Motors

सरकारका अनुसार अभियानको मुख्य उद्देश्य बजारमा वस्तु तथा सेवाको मूल्यलाई पारदर्शी बनाउनु, उपभोक्तालाई सही जानकारी उपलब्ध गराउनु तथा व्यापारी र सेवा प्रदायकलाई जिम्मेवार बनाउनु रहेको छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि र अनियमितताप्रति बढ्दो जनगुनासोलाई सम्बोधन गर्न अभियान थालिएको बताइन् ।  

उनका अनुसार सप्ताहव्यापी अनुगमनले बजार व्यवस्थापन र उपभोक्ता अधिकार संरक्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यो अभियान सोमबारदेखि शुरु भएर जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । 

अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक निर्देशन दिइसकिएको जनाइएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

सरकारले प्रत्येक स्थानीय तहलाई आफ्नो क्षेत्रमा रहेका पसल तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्यसूची राख्न निर्देशन दिनुका साथै नियमित अनुगमन गर्न आग्रह गरेको छ ।  

जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समिति सक्रिय बनाउँदै मूल्य पारदर्शिताबारे जनचेतना अभिवृद्धि गर्ने जिम्मेवारी दिइएको छ ।

त्यस्तै, केन्द्रीय तथा प्रदेशस्तरीय बजार अनुगमन समितिले बजार निरीक्षण, मूल्य मूल्याङ्कन र नियम उल्लंघन गर्ने व्यवसायीमाथि कानूनी कारबाही अघि बढाउने जनाइएको छ ।

सरकारका अनुसार बजारमा एउटै वस्तुको फरक–फरक मूल्य लिने, मूल्यसूची नराख्ने र उपभोक्तालाई भ्रमित बनाउने प्रवृत्ति बढेपछि यस्तो अभियान सञ्चालन गर्न लागिएको हो ।  

अभियानमार्फत अनिवार्य मूल्यसूची कार्यान्वयन, बजार अनुगमन प्रभावकारी बनाउने र दोषीमाथि तत्काल कारबाही सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.