आईतवार, जेष्ठ ३,२०८३ 05:19:30
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:19:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काठमाडौँमा ‘नो हर्न’ अभियान, २०० भन्दा बढी सवारीचालक कारबाहीमा

Laxmi Sunrise Bank Limited
काठमाडौँमा ‘नो हर्न’ अभियान, २०० भन्दा बढी सवारीचालक कारबाहीमा
Shivam Cement

काठमाण्डौं । काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण र ट्राफिक अनुशासन कायम गर्न ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत आज अनावश्यक रूपमा हर्न बजाउने २०० भन्दा बढी चालकलाई कारबाही गरिएको छ ।

Bizshala
New Office
CG Motors

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाका मुख्य सडक, व्यस्त चोक तथा अत्यधिक सवारी चाप हुने क्षेत्रमा विशेष निगरानी बढाएर जथाभावी हर्न प्रयोग गर्ने सवारीसाधनमाथि कारबाही गरिएको हो ।

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले अभियानसँगै चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन र ‘नो हर्न’ अभियानबारे सचेतनामूलक जानकारीसमेत दिइएको बताए ।

Garima Development Bank
Shivam Cement
IME remit

ट्राफिक प्रहरीका अनुसार विद्यालय, अस्पताल तथा संवेदनशील क्षेत्र आसपास अनावश्यक हर्नका कारण ध्वनि प्रदूषण बढ्दै गएको गुनासो आएपछि निगरानी थप कडा बनाइएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ध्वनि प्रदूषण न्यूनीकरण र व्यवस्थित ट्राफिक व्यवस्थापनका लागि यस्तो अभियान आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिने जानकारी दिएका छन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.