आईतवार, जेष्ठ ३,२०८३ 05:19:14
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:19:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वैशाख २९ मै एसइई नतिजा सार्वजनिक गर्ने तयारी

Laxmi Sunrise Bank Limited
वैशाख २९ मै एसइई नतिजा सार्वजनिक गर्ने तयारी
Shivam Cement

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा यही वैशाख २९ गते सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

सरकारले यस वर्षदेखि एसइईको नतिजा परीक्षा सकिएको एक महिनाभित्रै सार्वजनिक गर्ने लक्ष्य तय गरेसँगै बोर्डले तीव्र रूपमा काम अघि बढाएको हो।

Bizshala
New Office
CG Motors

यसअघि एसइईको नतिजा सार्वजनिक हुन करिब तीन महिना लाग्ने गरेको थियो।  

तर, यसपटक सरकारले छिटो नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि बोर्डले सम्पूर्ण प्रक्रिया छोटो समयमै सम्पन्न गर्ने गरी काम गरेको जनाएको छ।

परीक्षा नियन्त्रक तुकराज अधिकारीले तोकिएको समयभित्रै नतिजा सार्वजनिक हुने बताएका छन्।  

उनका अनुसार उत्तरपुस्तिका रुजु तथा अन्तिम परीक्षणको काम अन्तिम चरणमा पुगेको छ।  

बाँकी प्रक्रिया सकिए निर्धारित मितिभन्दा अगाडि नै नतिजा आउन सक्ने सम्भावना पनि रहेको उनले बताए।

सम्पूर्ण प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा भएपछि बोर्ड बैठक बसेर औपचारिक रूपमा नतिजा सार्वजनिक गरिनेछ।

यसअघि जेठ अन्तिम वा असार पहिलो सातातिर मात्रै एसइईको नतिजा प्रकाशित हुने गरेको थियो।  

तर, यस वर्ष परीक्षा सञ्चालन र मूल्यांकन प्रणालीमा गरिएको परिवर्तनका कारण नतिजा चाँडै सार्वजनिक गर्न सम्भव भएको बोर्डको भनाइ छ।

चैत १९ गतेदेखि सञ्चालन भएको एसइई परीक्षा चैत २९ गते सम्पन्न भएको थियो।  

Garima Development Bank
Shivam Cement
IME remit

परीक्षा सकिएको तीन दिनभित्रै सम्बन्धित केन्द्रबाट आवश्यक विवरण पठाउन बोर्डले निर्देशन दिएको थियो।

यस वर्ष उत्तरपुस्तिका परीक्षण कार्य परीक्षा केन्द्रमै गरिएको थियो। त्यसका कारण उत्तरपुस्तिका अन्यत्र ढुवानी गर्नुपर्ने झन्झट हटेको र समय बचत भएको बोर्डले जनाएको छ।

बोर्डले वैशाख ५ गतेभित्र सम्पूर्ण उत्तरपुस्तिका, नतिजा विवरण तथा सम्बन्धित कागजात बुझाउन निर्देशन दिएको थियो।  

सोहीअनुसार वैशाख ९ गतेभित्र देशभरका जिल्ला शिक्षा इकाईहरूले सबै सामग्री बोर्डमा बुझाइसकेका थिए।

उत्तरपुस्तिका प्राप्त भएसँगै कम्प्युटर इन्ट्रीको काम पनि तीव्र रूपमा अघि बढाइएको थियो।  

अघिल्ला वर्षहरूमा मूल्यांकन शुरू हुने समयमा यसपालि तथ्यांक इन्ट्रीको अधिकांश काम सकिइसकेको बोर्डले जनाएको छ।

सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार नतिजा समयमै सार्वजनिक गर्न बोर्डका कर्मचारी बिहानदेखि साँझसम्म निरन्तर खटिएका छन्।  

आवश्यक जनशक्ति थप गरेर कामलाई तीव्र बनाइएको उनले बताए।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.