आईतवार, जेष्ठ ३,२०८३ 05:19:07
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:19:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

थालापति विजय बने तमिलनाडूको मुख्यमन्त्री, राजेन्द्र विश्वनाथ अर्लेकरले गराए मुख्यमन्त्रीको शपथ

Laxmi Sunrise Bank Limited
थालापति विजय बने तमिलनाडूको मुख्यमन्त्री, राजेन्द्र विश्वनाथ अर्लेकरले गराए मुख्यमन्त्रीको शपथ
Shivam Cement

काठमाण्डौं । थालापति विजयले तमिलनाडूका मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

राजेन्द्र विश्वनाथ अर्लेकर ले नेहरू स्टेडियम मा आयोजित विशेष समारोहमा विजयलाई शपथ गराएका हुन्।

Bizshala
New Office
CG Motors

शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा राहुल गान्धी समेत सहभागी भएका थिए।

विजयको नेतृत्वमा सरकार गठन भएसँगै तमिलनाडूको राजनीतिमा नयाँ अध्याय शुरू भएको विश्लेषण गरिएको छ।  

लामो समयदेखि पालैपालो सत्ता सञ्चालन गर्दै आएका द्रविड़ मुनेत्र कळगम (डीएमके) र अन्ना द्रविड़ मुनेत्र कजगम (एआईएडीएमके) को राजनीतिक प्रभाव यसपटक कमजोर बनेको छ।

२३४ सदस्यीय तमिलनाडु विधानसभामा १२० जना निर्वाचित सांसदको समर्थन प्राप्त गरेपछि राज्यपालले विजयलाई सरकार गठनका लागि आमन्त्रण गरेका थिए।

Garima Development Bank
Shivam Cement
IME remit

तमिऴगा वेत्री कळगम (टीभीके) का अध्यक्षसमेत रहेका विजयले कांग्रेसलगायत सहयोगी दलहरूको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्ने भएका छन्।

राज्यपाल अर्लेकरले नयाँ सरकारलाई मे १३ भित्र वा त्यसअघि विधानसभामा विश्वासको मत लिन निर्देशन दिएका छन्।

आइतबार बिहान सम्पन्न शपथ समारोहमा विजयसँगै टीभीकेका वरिष्ठ नेतासहित अन्य नौ जनाले मन्त्री पदको शपथ लिएका छन्।

मन्त्री पदको शपथ लिनेहरूमा बुसी एन आनन्द, आधव अर्जुन, केजी अरुणराज, केए सेंगोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टी के प्रभु र एस कीर्तना रहेका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.