आईतवार, जेष्ठ ३,२०८३ 05:19:22
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:19:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ट्राफिक प्रहरीले ३१ चालकको लाइसेन्स निलम्बनका लागि प्रक्रिया अघि बढायो, सार्वजनिक यातायातमा CCTV अनिवार्य

Laxmi Sunrise Bank Limited
ट्राफिक प्रहरीले ३१ चालकको लाइसेन्स निलम्बनका लागि प्रक्रिया अघि बढायो, सार्वजनिक यातायातमा CCTV अनिवार्य
Shivam Cement

काठमाण्डौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लगातार सवारी नियम उल्लंघन गर्ने ३१ जना चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरेको छ।

ट्राफिक प्रहरीले सडक अनुशासन सुदृढ बनाउन र बारम्बार नियम तोड्ने प्रवृत्तिमा नियन्त्रण गर्न उक्त कदम चालिएको जनाएको छ।

 

Bizshala
New Office
CG Motors

आइतबार आयोजित पत्रकार सम्मेलनमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले एउटै प्रकृतिको कसुरमा पाँच पटकभन्दा बढी कारबाही भोगेका चालकहरूको लाइसेन्स निलम्बनका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको जानकारी दिए। उनका अनुसार यस्तो व्यवस्था सडक सुरक्षा सुनिश्चित गर्न प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

यसैबीच सार्वजनिक यातायात क्षेत्रलाई थप सुरक्षित बनाउन सबै सवारी साधनमा सीसीटीभी क्यामेरा जडान अनिवार्य गरिएको पनि ट्राफिक प्रहरीले जनाएको छ।  

यसले निगरानी प्रणालीलाई मजबुत बनाउनुका साथै दुर्घटना न्यूनीकरण र नियम उल्लंघन नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.