आईतवार, जेष्ठ ३,२०८३ 05:18:45
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:18:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महोत्तरीमा केरा खेतीतर्फ किसानको आकर्षण बढ्दो, उन्नत जातले बढायो आम्दानी

Laxmi Sunrise Bank Limited
महोत्तरीमा केरा खेतीतर्फ किसानको आकर्षण बढ्दो, उन्नत जातले बढायो आम्दानी
Shivam Cement

काठमाण्डौं । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रमा पछिल्ला वर्षहरूमा व्यावसायिक केरा खेतीप्रति किसानको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ।  

परम्परागत खेतीबाट अपेक्षित आम्दानी घट्दै गएपछि किसानहरू कम क्षेत्रफलमा बढी उत्पादन र राम्रो बजार मूल्य दिने उन्नत जातका केरा खेतीतर्फ आकर्षित भएका छन्।

Bizshala
New Office
CG Motors

गौशाला, भङ्गाहा नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिकाका किसानहरूले अहिले स्थानीय परम्परागत जातभन्दा रोवेष्ट्रा, इजी नाइन, विलियम हाइब्रिड र उन्नत मालभोग जातका केरालाई प्राथमिकता दिन थालेका छन्।  

किसानहरूको भनाइमा सानो बोट, ठूलो घरी, बढी उत्पादन क्षमता र राम्रो स्वादका कारण रोवेष्ट्रा र इजी नाइन बढी लोकप्रिय बनेका छन्।

गौशाला नगरपालिका–११, भरतपुरका किसान रामएकवाल महतो विगत पाँच वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आएका छन् ।  

उनले पाँच बिघा क्षेत्रमा इजी नाइन, रोवेष्ट्रा र उन्नत मालभोग जातका केरा लगाएका छन् । 

उनका अनुसार केरा खेतीबाट खर्च कटाएर वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको छ।

“यो वर्षको उत्पादन अग्रिम रूपमा बिक्री भइसकेको छ,” उनले भने , “प्रति कोसा साढे चार रुपैयाँमा बिक्री भइरहेको छ भने एक घरी तीनदेखि चार सय रुपैयाँसम्ममा कारोबार हुन्छ।”

त्यस्तै, सम्सी गाउँपालिका–५, गाढाभेटपुरका किसान रामध्यान मण्डल पनि केरा खेतीबाट सन्तुष्ट छन् ।  

उनका अनुसार रोवेष्ट्रा र इजी नाइन जातका केरा सानो बोट हुने भएकाले हावाहुरीबाट कम क्षति हुने, नौ महिनामै उत्पादन दिने र बजार माग राम्रो भएकाले किसानका लागि निकै लाभदायक बनेका छन्।

“एक कट्ठामा करिब ८० वटा बोट लगाउन सकिन्छ,” उनले भने , “बिक्रीमा कुनै समस्या छैन, माग राम्रो छ।”

Garima Development Bank
Shivam Cement
IME remit

कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार जिल्लामा पछिल्लो समय युवा किसानहरू व्यावसायिक केरा खेतीतर्फ बढी आकर्षित भएका छन्।  

कम लगानीमा राम्रो आम्दानी लिन सकिने भएकाले यसको विस्तार भइरहेको कार्यालयको भनाइ छ।

कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख देवानन्द रायका अनुसार जिल्लामा हाल एक सय हेक्टरभन्दा बढी क्षेत्रमा उन्नत जातको केरा खेती भइरहेको छ भने कुल केरा खेतीको क्षेत्रफल करिब तीन हजार हेक्टर पुगेको छ।

उनले उचित व्यवस्थापन भए एक पटक लगाइएको केराबाट पाँच वर्षसम्म उत्पादन लिन सकिने बताए ।  

बागवानी विकास अधिकृत अबिरल कुमार महतो कुशवाहाका अनुसार बत्तीसा र झपरी जात तरकारी प्रयोजनका लागि उपयुक्त मानिन्छन् भने स्थानीय मालभोग अझै पनि उपभोक्तामाझ लोकप्रिय छ।

तर, रोवेष्ट्रा र इजी नाइन जस्ता उन्नत जातले महोत्तरीको हावापानीमा राम्रो उत्पादन दिँदै बजारमा बलियो माग बनाएको उनको भनाइ छ।

यद्यपि किसानहरूले प्राविधिक सहयोग, नियमित अनुगमन र रोग व्यवस्थापनमा अझै कमी रहेको गुनासो गरेका छन्।  

उनीहरूले उन्नत बिरुवा उपलब्ध गराउने, आधुनिक खेती प्रविधि सिकाउने, साथै बजार व्यवस्थापन र भण्डारणमा सहयोग गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

कृषि ज्ञान केन्द्रले भने किसानलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.