आईतवार, जेष्ठ ३,२०८३ 05:15:42
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:15:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सार्वजनिक खरिद कार्यालय सिस्टम ह्याक प्रकरण : पूर्वमन्त्री पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर

Laxmi Sunrise Bank Limited
सार्वजनिक खरिद कार्यालय सिस्टम ह्याक प्रकरण : पूर्वमन्त्री पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर
Shivam Cement

काठमाण्डौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्का विवरण हेरफेर गरेको आरोपमा २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।  

सरकारी वकिलको कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।

Bizshala
New Office
CG Motors

केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआइबी) का अनुसार सरकारी डिजिटल प्रणालीमा प्रवेश गरी ठेक्का रकममा हेरफेर गर्ने, क्रिप्टो करेन्सीमार्फत आर्थिक लेनदेन गर्ने तथा संगठित साइबर अपराध गर्ने कार्य भएको पाइएको छ।

अनुसन्धानमा ठेकेदार, निर्माण कम्पनीका सञ्चालक, कर्मचारी र प्राविधिकसमेत संलग्न रहेको देखिएको छ।  

केही समूहले सरकारी वेबसाइटको नक्कल बनाएर ठेक्का प्रणालीमै छेडछाड गरेको पनि खुलेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

सीआईबीले ‘डेमो लगइन’ र पासवर्ड प्रयोग गरी सिस्टममा प्रवेश गरेर ठेक्का रकम घटबढ गरिएको र त्यसको बदलामा क्रिप्टो करेन्सीमार्फत रकम लेनदेन गरिएको जनाएको छ।

मुद्दामा पूर्वमन्त्री तथा राप्रपा नेता विक्रम पाण्डेसहित विभिन्न निर्माण कम्पनीका सञ्चालक तथा कर्मचारीहरू संलग्न छन्। केही पक्राउ परेका छन् भने केही अझै फरार छन्।

सीआईबीले यसलाई संगठित साइबर ठगीको गम्भीर प्रकरण भन्दै थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.