आईतवार, जेष्ठ ३,२०८३ 05:18:45
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:18:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मन्त्रिपरिषद्ले गर्यो नीति तथा कार्यक्रम अनुमोदन, सरकारका प्राथमिकता आज सार्वजनिक हुने

Laxmi Sunrise Bank Limited
मन्त्रिपरिषद्ले गर्यो नीति तथा कार्यक्रम अनुमोदन, सरकारका प्राथमिकता आज सार्वजनिक हुने
Shivam Cement

काठमाण्डौं । आगामी आर्थिक वर्षका लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।  

उक्त नीति तथा कार्यक्रम अब राष्ट्रपति मार्फत सङ्घीय संसद्मा पेस हुने भएको छ।

Bizshala
New Office
CG Motors

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने वार्षिक सम्बोधनलाई औपचारिक रूपमा अनुमोदन गर्ने निर्णय गरेको हो।  

यस निर्णयसँगै सरकारका आगामी वर्षका नीति, कार्यक्रम र प्राथमिकताहरू सार्वजनिक हुने प्रक्रिया अघि बढेको छ।

सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संसद्मा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक अभ्यासअनुसार मन्त्रिपरिषद्ले उक्त दस्तावेजलाई स्वीकृति दिएको हो।

Garima Development Bank
Shivam Cement
IME remit

संवैधानिक प्रावधानअनुसार प्रत्येक वर्ष राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारका नीति, योजना र कार्यक्रम प्रस्तुत गर्ने परम्परा रहिआएको छ।  

सोही प्रक्रियाअनुसार आजको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई अनुमोदन गरेको हो।

आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारका प्रमुख नीति, कार्यक्रम र प्राथमिकताहरू सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.