आईतवार, जेष्ठ ३,२०८३ 04:07:21
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:07:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

धादिङ बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते, ३ जना डिस्चार्ज, ३४ काठमाडौँ रेफर

Laxmi Sunrise Bank Limited
धादिङ बैरेनीमा तीन सवारी ठोक्किँदा ३७ जना घाइते, ३ जना डिस्चार्ज, ३४ काठमाडौँ रेफर
Shivam Cement

काठमाण्डौं । पृथ्वी लोकमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनी क्षेत्रमा गएराति भएको सवारी दुर्घटनामा ३७ जना यात्रु घाइते भएका छन् ।

तीन सवारी साधन एकै स्थानमा ठोक्किँदा ठूलो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Bizshala
New Office
CG Motors

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब ११्:३० बजे काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा ०३–००१–००६ ख २०५६ नम्बरको ट्रक सडक किनारमा रोकिएको अवस्थामा थियो ।

सोही क्रममा बागलुङतर्फ जाँदै गरेको बा ०१–००६ ख ७४९९ नम्बरको बसले ट्रकलाई पछाडिबाट ठक्कर दिएको हो ।

त्यसलगत्तै काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको अर्को बस बा ०१–००६ ख ६७१६ ले पनि अगाडिको बसलाई पछाडिबाट ठक्कर दिँदा श्रृंखलाबद्ध दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी तथा स्थानीयवासीको सक्रियतामा घाइतेहरूको उद्धार गरिएको थियो ।

घाइतेहरूलाई तत्कालै बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा प्राथमिक उपचार गरिएको हो ।

Garima Development Bank
Shivam Cement
IME remit

प्रहरीका अनुसार घाइतेमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् भने ३४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।  

उनीहरूमध्ये २८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ भने बाँकी ६ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ ।

दुर्घटनामा तीनवटै सवारी साधनमा गरी ६८ जना यात्रु सवार रहेको खुलेको छ ।

प्रहरीले घटनामा संलग्न तीनवटै सवारी चालकलाई नियन्त्रणमा लिएको छ ।  

नियन्त्रणमा लिइएकामा पर्वत कुश्माका ३२ वर्षीय शिव थापा, ललितपुरका ४५ वर्षीय पुरुषोत्तम तिमिल्सिना शर्मा र रौतहटका २८ वर्षीय प्रमोद चौधरी रहेका छन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.