मंगलवार, जेष्ठ ५,२०८३ 12:48:14
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:48:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रधानन्यायाधीश सुनुवाइमा विपक्षीको आपत्ति, सुनुवाइ प्रक्रिया हतारमा नगर्न आग्रह

Laxmi Sunrise Bank Limited
प्रधानन्यायाधीश सुनुवाइमा विपक्षीको आपत्ति, सुनुवाइ प्रक्रिया हतारमा नगर्न आग्रह
Shivam Cement

काठमाण्डौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरू भएसँगै राजनीतिक वृत्तमा प्रक्रियाको पारदर्शिता र विश्वसनीयतामाथि बहस शुरु भएको छ ।  

मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी दलका सांसदहरूले सुनुवाइ प्रक्रिया हतारमा अघि बढाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । 

Bizshala
New Office
CG Motors

उनीहरूले उजुरी, कार्ययोजना र प्रस्तावित प्रधानन्यायाधीशको समग्र पृष्ठभूमिबारे अध्ययन गर्न पर्याप्त समय उपलब्ध गराउनुपर्ने माग गर्दै तत्काल सुनुवाइ टुंग्याउने तयारीप्रति आपत्ति जनाएका हुन् ।

संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध दर्ता भएका १६ वटा उजुरी सदस्यहरूलाई वितरण गरिएको थियो ।

समितिका अनुसार ११ वटा उजुरी इमेलमार्फत प्राप्त भएका छन् भने ५ वटा लिखित रूपमा दर्ता गरिएका थिए ।  

उजुरीहरूसँगै डा। शर्माले प्रधानन्यायाधीश बनेपछि न्यायपालिकामा लागू गर्ने योजनासहितको भावी कार्ययोजना पनि सदस्यहरूलाई उपलब्ध गराइएको थियो ।

समिति सभापति बोधनारायण श्रेष्ठले मंगलबार नै उजुरीकर्तासँग छलफल गर्ने र त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गरेर प्रक्रिया अगाडि बढाउने तयारी गरेका थिए ।

तर, विपक्षी सांसदहरूले यति संवेदनशील र महत्वपूर्ण संवैधानिक पदका लागि प्रक्रिया हतारमा अगाडि बढाउँदा समितिको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) का नेता तथा समिति सदस्य वर्षमान पुनले संसदीय सुनुवाइलाई केवल औपचारिकता वा ‘रबर स्ट्याम्प’ को रूपमा प्रयोग गर्न नहुने बताए ।  

उनले आगामी ६ वर्षसम्म देशको न्यायपालिकाको नेतृत्व गर्ने व्यक्तिको दृष्टिकोण, कार्यशैली र न्यायसम्बन्धी सोचबारे गहिरो अध्ययन आवश्यक रहेको धारणा राखे ।

‘हामी कार्यपालिकाको निर्णयसँग असहमति जनाउन मात्र यहाँ बसेका होइनौं,’ पुनले बैठकमा भने, ‘तर यति ठूलो जिम्मेवारी सम्हाल्ने व्यक्तिको कार्ययोजना र पृष्ठभूमि राम्रोसँग अध्ययन गर्न समय चाहिन्छ ।  

प्रक्रिया पारदर्शी र विश्वसनीय देखिनु पनि उत्तिकै महत्त्वपूर्ण छ । आज अध्ययन गरौँ, भोलिबाट सुनुवाइ गर्दा कसैलाई प्रश्न उठाउने ठाउँ रहँदैन ।’

एमाले नेतृ तथा समिति सदस्य पद्मा अर्यालले पनि एउटै दिन उजुरी वितरण, छलफल र अनुमोदनको तयारी गरिनु उचित नभएको बताइन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

उनले संसदीय सुनुवाइ समितिले स्वतन्त्र र निष्पक्ष निकायको रूपमा काम गर्नुपर्ने भन्दै प्रक्रियामा पर्याप्त समय नदिइए समितिको गरिमामै प्रश्न उठ्न सक्ने चेतावनी दिइन् ।

‘मैले सोचेकी थिएँ आज उजुरी बाँड्ने काम मात्र हुन्छ,’ अर्यालले भनिन्, ‘तर आजै सबै प्रक्रिया टुंग्याउने कुरा आयो ।  

उजुरीकर्ताका कुरा सुन्नुपर्छ, दस्तावेज अध्ययन गर्नुपर्छ, त्यसपछि मात्रै निष्कर्ष निकाल्नुपर्छ ।  

हतारमा निर्णय गर्दा समितिले कार्यपालिकाको निर्णयलाई केवल अनुमोदन गरेको जस्तो देखिन्छ ।’

समिति सदस्य प्रेमप्रसाद दङ्गाल र नरबहादुर विष्टले पनि सुनुवाइ प्रक्रिया व्यवस्थित, गम्भीर र विश्वसनीय ढंगले अघि बढाउनुपर्ने धारणा राखेका थिए ।  

उनीहरूले संवैधानिक निकायका पदाधिकारीको सुनुवाइमा पारदर्शिता र प्रक्रियागत मर्यादा कायम रहनुपर्ने बताएका छन् ।

यसअघि गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।  

प्रधानन्यायाधीश नियुक्ति नेपालको संवैधानिक प्रक्रियाअन्तर्गत हुने भएकाले संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्रै राष्ट्रपतिले औपचारिक रूपमा नियुक्त गर्ने व्यवस्था छ ।

डा। शर्माको नाम सिफारिस भएसँगै न्याय क्षेत्र, राजनीतिक वृत्त तथा कानून व्यवसायीहरूबीच पनि उनको कार्यशैली, अनुभव र न्यायपालिकाको सुधारसम्बन्धी दृष्टिकोणबारे चासो बढेको छ ।  

संसदीय सुनुवाइ समितिले अब उजुरीमाथि छलफल, उजुरीकर्तासँग परामर्श तथा प्रस्तावित प्रधानन्यायाधीशसँग प्रश्नोत्तर गरेपछि अन्तिम निर्णय प्रक्रिया अगाडि बढाउनेछ ।

विपक्षी दलहरूले भने प्रक्रियालाई पारदर्शी, मर्यादित र अध्ययनमा आधारित बनाउन पर्याप्त समय दिनुपर्ने अडान दोहोर्‍याएका छन् ।  

उनीहरूको भनाइमा संसदीय सुनुवाइ केवल संवैधानिक औपचारिकता नभई जनउत्तरदायित्व र संस्थागत विश्वसनीयताको महत्वपूर्ण अभ्यास भएकाले यसलाई गम्भीरतापूर्वक सञ्चालन गरिनुपर्छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.