काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३÷८४ को बजेट सानो रहेको बताएका छन् ।
अर्थमन्त्रालयमा गरिएको प्रेस मिटमा अर्थमन्त्री वाग्लेले यसपटकको बजेटको आकार ठूलो रहेको कुरा गलत रहेको बताए ।
‘आगामी आवको बजेट सानो हो, कुल गार्हस्थ उत्पादन (जीडीपी)को सापेक्षको आधारमा २८.५ प्रतिशतको मात्रै बजेट आएको छ’ उनले भने, ‘प्रक्षेपित जीडीपी हाम्रो ७४.५८ खर्ब रहेको छ, यो बजेट वाञ्छित सीमाभित्र बनाइएको बजेट हो ।’
बजेट ठूलो नभई जीडीपीको सापेक्षताको आधारमा सानै आएको उनले बताए ।

