सोमबार, श्रावण १८,२०८३ 01:11:02
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:11:02
Bizshala
Global IME Bank Limited

सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर एकैपटक बढाइयो !

सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर एकैपटक बढाइयो !
New Office

काठमाण्डौ । सरकारले सेयर बजारमा हुने कारोबारबाट लिने पूँजीगत लाभकरमा एकैपटक निकै ठूलो वृद्धि गरेको छ ।  

बजेटपछि सार्वजनिक गरिएको आर्थिक विधेयकमा उल्लेख भएअनुसार छोटो र लामो अवधिका लागि यसअघि लाग्दै आएको पूँजीगत लाभकरमा एकैपटक निकै ठूलो प्रतिशतले वृद्धि गरिएको हो । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत लाभकरलाई नै सेयर कारोबारमा लाग्ने अन्तिम कर घोषणा गरेर उत्साहित बनाएका सेयर लगानीकर्ता आर्थिक विधेयकमा लाभकर साबिकको तुलनामा उच्च प्रतिशतको दरले बढ्दा तनावमा पुगेका छन् । 

साबिकमा सेयर किनेर ३६५ दिनभित्र कारोबार गर्नेले ७.५ प्रतिशत लाभकर तिर्नुपथ्र्यो । अब यसलाई बढाएर १० प्रतिशत पुर्याइएको छ ।  

यस्तै, कसैले सेयर किनेर एकवर्षभन्दा बढी समय राखेमा त्यस्तो कारोबारबाट प्राप्त हुने नाफाबाट लाभकर ५ प्रतिशत तिर्ने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ७.५ प्रतिशत पुर्याइएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.