बुधबार, जेष्ठ २७,२०८३ 05:08:28
Bizshala
  • बुधबार, जेष्ठ २७,२०८३ 05:08:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१७ वर्षसम्म नक्कली लाइसेन्स प्रयोग गरी उडान भरेको आरोपमा पाइलट पक्राउ

Laxmi Sunrise Bank Limited
१७ वर्षसम्म नक्कली लाइसेन्स प्रयोग गरी उडान भरेको आरोपमा पाइलट पक्राउ
Shivam Cement

काठमाण्डौ । क्यानडाको प्रहरीले पूर्व एयरलाइन कप्तानमाथि करिब १७ वर्षसम्म आवश्यक योग्यताविनै सयौं व्यावसायिक उडान सञ्चालन गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेको छ।

जिओफ्री वाल नामका ५९ वर्षीय पूर्व पाइलटलाई पिल रिजिनल अफिसले चार महिनाको अनुसन्धानपछि ठगी, नक्कली कागजात प्रयोग तथा अन्य सम्बन्धित अभियोगमा आरोपित गरेको हो।

प्रहरीका अनुसार वालले सन् २००९ देखि २०२५ सम्म घरेलु तथा अन्तर्राष्ट्रिय गरी ९०० भन्दा बढी उडानहरूमा कप्तानको भूमिका निर्वाह गरेका थिए। अनुसन्धानबाट उनले आफ्नो शैक्षिक तथा व्यावसायिक योग्यता सम्बन्धी विवरणमा एयरलाइन्स कम्पनी र नागरिक उड्डयन नियामक निकायलाई झुक्याएको आशंका गरिएको छ।

Bizshala
New Office
CG Motors

प्रहरीले जनाए अनुसार वालसँग वैध व्यावसायिक पाइलट लाइसेन्स भए पनि व्यावसायिक यात्रुवाहक विमानको कप्तान बन्न अनिवार्य मानिने उच्चस्तरीय एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्स भने थिएन।

उनीविरुद्ध एक ठगी, दुई नक्कली कागजात प्रयोग, तीन नक्कली ट्रेडमार्क स्वामित्व तथा एक सार्वजनिक भ्रम सिर्जना गरेको अभियोग लगाइएको छ।

प्रहरी प्रमुख निसान डुराइप्पाले यो घटनालाई सार्वजनिक विश्वास र हवाई सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको गम्भीर विषय भएको बताएका छन्। उनका अनुसार आरोप प्रमाणित भएमा लाखौं यात्रुको सुरक्षासम्बन्धी प्रश्न उठ्न सक्छ।

Garima Development Bank
Shivam Cement
Bizshala

यता एयर क्यानडाले भने यात्रु सुरक्षामा कुनै सम्झौता नभएको दाबी गरेको छ। कम्पनीका अनुसार सबै पाइलटहरूले प्रत्येक छ महिनामा अनिवार्य दक्षता परीक्षण तथा वार्षिक उडान मूल्याङ्कन पार गर्नुपर्ने व्यवस्था छ, र सम्बन्धित पाइलटले ती सबै परीक्षण सफलतापूर्वक पूरा गरेका थिए।

कम्पनीले घटना थाहा पाएलगत्तै उनलाई सक्रिय सेवाबाट हटाइएको र विषयवस्तु स्वेच्छिक रूपमा नियामक निकायसमक्ष जानकारी गराइएको जनाएको छ।

विज्ञहरुले यो घटनालाई अत्यन्त दुर्लभ भन्दै मुख्य चिन्ता पाइलटको उडान क्षमता भन्दा पनि लाइसेन्स प्रमाणीकरण तथा नियामकीय निगरानी प्रणालीमा सम्भावित कमजोरी भएको बताएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.