काठमाण्डौ । भारतले नेपाली चिया निर्यातमा गरेको अवरोध र कडा परीक्षण प्रक्रियाका कारण इलामका अर्थोडक्स चिया उद्योग सोमबारदेखि बन्द भएका छन्।
भारतीय चिया बोर्डले नयाँ एसओपी लागू गरेपछि डेढ महिनादेखि निर्यात रोकिँदा उत्पादित चिया बिक्री हुन नसकेर गोदाममै थन्किएको छ।
व्यवसायीका अनुसार भारततर्फ जाने करिब ९० प्रतिशत बजार प्रभावित हुँदा लाखौँ किलो चिया बिक्री नहुँदा उद्योग बन्द गर्न बाध्य हुनुपरेको हो।
करिब ८६ वटा चिया उद्योग प्रभावित भएका छन् भने हजारौँ मजदूर र किसान प्रत्यक्ष रूपमा मारमा परेका छन्।
उद्योगीहरूले सरकारले कूटनीतिक पहल नगरेको भन्दै गुनासो गरेका छन् र तत्काल निर्यात सहज बनाउन आग्रह गरेका छन्।

