बुधबार, असार १७,२०८३ 01:03:20
Bizshala
  • बुधबार, असार १७,२०८३ 01:03:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपा कर्णालीको सभापतिमा मदन खड्का भारी मतसहित निर्वाचित

Laxmi Sunrise Bank Limited
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का भारी मतसहित निर्वाचित

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट मदन खड्का प्रदेश सभापतिमा निर्वाचित भएका छन्।  

संस्थापनकालदेखि नै पार्टी संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका खड्काले भारी मतान्तरसहित नेतृत्वको जिम्मेवारी प्राप्त गरेका हुन्।

New Office
CG Motors
Garima Development Bank

प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न पहिलो प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अपनाइएको थियो।  

निर्वाचनमा कुल ५७८ मतदातामध्ये ४०० जनाले मतदान गरेका थिए।

सभापति पदका लागि भएको प्रतिस्पर्धामा मदन खड्काले २८८ मत प्राप्त गर्दै स्पष्ट बहुमतका साथ विजय हासिल गरे।  

उनका निकटतम प्रतिस्पर्धी स्नेहा उपाध्यायले ६३ मत प्राप्त गरिन् भने अर्का उम्मेदवार नन्दकिशोर बस्नेत (एनके) ले ३५ मत मात्र पाए।  

खड्काले प्राप्त गरेको मत उनका दुवै प्रतिस्पर्धीको संयुक्त मतभन्दा समेत निकै बढी रहेको छ।

नवनिर्वाचित सभापति खड्का रास्वपाका कर्णाली प्रदेश संस्थापक सभापति समेत हुन्।  

पार्टी स्थापना भएदेखि नै उनले कर्णाली प्रदेशभर संगठन निर्माण, विस्तार तथा सुदृढीकरणमा नेतृत्वदायी भूमिका खेलेका थिए।  

जिल्लादेखि वडा तहसम्म पार्टीको संरचना निर्माण र कार्यकर्ता परिचालनमा उनको सक्रिय योगदान रहेको बताइन्छ।

त्यस्तै प्रदेश सदस्य (क्षेत्रगत) तर्फ विभिन्न जिल्लाबाट उम्मेदवारहरू निर्वाचित भएका छन्।  

कालीकोटबाट तुलाराज शाही २१९ मतसहित विजयी भए भने दैलेख–१ बाट लक्ष्मीकुमारी भट्टराईले २०० मत प्राप्त गरिन्।  

दैलेख–२ बाट कृष्णबहादुर खड्का १२६ मतसहित निर्वाचित हुँदा सुर्खेत–१ बाट राजेन्द्रप्रसाद शर्मा २०२ मत र सुर्खेत–२ बाट आकाश थापा १११ मतसहित विजयी भए। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जाजरकोटबाट नवीन खड्काले २४२ मत प्राप्त गर्दै विजय हासिल गरे भने रुकुमपश्चिमबाट संगम गौतम २०५ मतसहित निर्वाचित भएका छन्।

निर्वाचन संयोजक भरतप्रसाद दाहालका अनुसार केही जिल्लाबाट उम्मेदवारहरू निर्विरोध चयन भएका छन्।  

मुगुबाट कमल रावल, सल्यानबाट ललितकुमार चन्द, हुम्लाबाट बुधे बुढा, डोल्पाबाट सन्तोष बुढाथोकी तथा जुम्लाबाट दानबहादुर बुढा निर्विरोध प्रदेश सदस्यमा निर्वाचित भएका छन्।

समावेशी समूहअन्तर्गत आदिवासी जनजाति कोटाबाट गौराकुमारी घर्ति मगर २२३ मतसहित निर्वाचित भएकी छन्।  

दलिततर्फ मोहन सुनार र टेकबहादुर चुनारा निर्विरोध चयन भएका छन्।

महिला सदस्यतर्फ पनि प्रतिस्पर्धात्मक निर्वाचन भएको थियो।

जसअन्तर्गत निर्माला शाहीले २७४ मत, सरस्वती बुढाले २७३ मत, सिलु थापाले २०७ मत, खगिसरा बुढाले १९९ मत तथा राधाकुमारी ढकालले १९३ मत प्राप्त गर्दै प्रदेश सदस्यमा स्थान सुरक्षित गरेका छन्।

त्यसैगरी खस–आर्य समूहबाट राजबहादुर शाह २०० मत, रामप्रसाद पाण्डे १८९ मत, धर्मराज थापा १७४ मत तथा यामराज पन्त १६० मतसहित प्रदेश सदस्यमा निर्वाचित भएका छन्।

पहिलो प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै रास्वपाले कर्णाली प्रदेशमा आफ्नो संगठनात्मक संरचनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।  

नवगठित प्रदेश नेतृत्वले पार्टीको सांगठनिक विस्तार, जनसम्पर्क अभिवृद्धि तथा आगामी राजनीतिक रणनीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.