Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

विकास बैंकहरुमध्ये कामना सेवाको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै, ७ वटाको भने ऋणात्मक

Global IME Bank Limited
विकास बैंकहरुमध्ये कामना सेवाको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै, ७ वटाको भने ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार अधिकांश विकास बैंकको वित्तिय विवरण लगानीकर्ताले अपेक्षा गरे अनुसार आउन सकेको छैन । वाणिज्य बैंकहरु जस्तै विकास बैंकहरुको प्रतिवेदन पनि अपेक्षा अनुरुप आउन नसकेको हो ।  

त्रैमासिक प्रतिवेदन अनुसार कामना सेवा विकास बैंकको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै देखिएको छ । कामना सेवाको वितरणयोग्य मुनाफा २८ करोड ७३ लाख ३१ हजार  रुपैयाँ रहेको छ । दोस्रो स्थानमा रहेको शाइन रेशुंगा डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा करिब १५ करोड रुपैयाँ रहेको छ ।  

त्यसैगरि तेस्रो र चौथो स्थानमा रहेका गरिमा विकास बैंक र लुम्बिनी विकास बैंकको वितरणयोग्य मुनाफा क्रमशः १० करोड र ९ करोड हाराहारी छ । अधिकांश बैंकहरुको खराव कर्जा बढ्दा प्रोभिजनका लागि रकम छुट्टाउनु पर्दा बैंकहरुको वितरणयोग्य मुनाफामा असरको परेको छ ।  

नेप्सेमा सूचिकृत १६ वटा विकास बैंकहरुमध्ये ७ वटाको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । जसमध्ये ज्योति विकास बैंकको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै ऋणात्मक छ । यो बैंकको वितरणयोग्य मुनाफा २८ करोड ६६ लाख ५८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरि, कर्णाली विकास बैंकको २ करोड ५१ लाख ३४ हजार , एक्सेल डेभलपमन्ट विकास बैंकको ८ करोड ३१ लाख , सिन्धु विकास बैंकको ७ करोड ३३ लाख , सप्तकोशी डेभलपमेन्ट बैंकको ४७ करोड ८७ लाख , सांग्रिला डेभलपमेन्ट बैंकको ६ करोड १ लाख रुपैयाँ भन्दा बढी वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ ।

विकास बैंकहरुमध्य सधै पहिलो स्थानमा रहंदै आएको मुक्तिनाथ विकास बैंकको वितरणयोग्य मुनाफामा पनि उल्लेख्य गिरावट आएको छ । यो बैंकको वितरणयोग्य मुनाफा जम्मा १ करोड २ लाख रुपैयाँ मात्रै रहेको छ ।  

 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.