काठमाण्डौ । नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्सले TVS NTORQ 125 Race XP Blaze Blue नेपालमा सार्वजनिक गरेको छ। युवा राइडरहरूको रोजाइमा पर्दै आएको TVS NTORQ लाइनअपमा यो नयाँ कलर भेरियन्टले थप आकर्षण, स्पोर्टीनेस रबोल्डनेस थपेको छ।
नयाँ TVS NTORQ 125 Race XP Blaze Blue को सार्वजनिक कार्यक्रम १८ जुन २०२६ मा बुढानीलकण्ठस्थित Park Village Resort मा आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले गरेका थिए । कार्यक्रममा ग्राहक, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, मोटो भ्लगर तथा TVS प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा ८० भन्दा बढी सञ्चारकर्मी, ५० भन्दा बढी कन्टेन्ट क्रिएटर तथा मोटो भ्लगरहरू, साथै ग्राहकहरूको उल्लेखनीय सहभागिता थियो। उपस्थित अतिथिहरूले TVS NTORQ 125 Race XP Blaze Blue को डिजाइन, विशेषता र रेसिङ प्रेरित व्यक्तित्वलाई नजिकबाट अनुभव गर्ने अवसर पाए।
TVS NTORQ 125 Race XP Blaze Blue विशेष गरी स्टाइल, पर्फमेन्स र दैनिक प्रयोगलाई एउटै प्याकेजमा खोज्ने युवा राइडरहरूका लागि तयार गरिएको स्कुटर हो। यसको आकर्षक ब्लेजब्लु कलर, स्पोर्टी ग्राफिक्स, धारिलो डिजाइनर आत्मविश्वासी रोड प्रेजेन्सले स्कुटरलाई अझै दमदारर फरक बनाएको छ।
TVS NTORQ 125 Race XP ले लामो समयदेखि आफ्नो बोल्ड डिजाइन, पावरफुल क्यारेक्टर र TVS Racing को पर्फमेन्स डिएनएका कारण युवाराइडरहरूबीच छुट्टै पहिचान बनाउँदै आएको छ। नयाँ Blaze Blue एडिसनले यही पहिचानलाई अझ बलियो बनाउँदै स्कुटरलाई अझ अभिव्यक्त, एनर्जेटिक र रोडमानोटिस हुने बनाएको छ।
यस स्कुटरले ५० KMPL tested mileage र lifetime warranty assurance जस्ता महत्त्वपूर्ण विशेषताहरू पनि प्रदान गर्दछ। यी विशेषताहरूले ग्राहकलाई पर्फमेन्ससँगै विश्वसनीयता, बचत र दीर्घकालीन स्वामित्वको आत्मविश्वास दिने जगदम्बा मोटर्सको प्रतिबद्धतालाई थप मजबुत बनाउँछ।
सार्वजनिक कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, “TVS NTORQ ले सधैँपर्फमेन्स, प्रविधि र बोल्ड स्टाइल खोज्ने युवा राइडरहरूसँग बलियो सम्बन्ध बनाउँदै आएको छ। TVS NTORQ 125 Race XP Blaze Blue को सार्वजनिकसँगै हामी NTORQ को यही पहिचानलाई अझ नयाँ र उत्साहजनक रूपमा प्रस्तुत गरिरहेका छौँ। आफ्नो राइडमार्फत अलग देखिन चाहने राइडरहरूका लागियो नयाँ भेरियन्ट निकै आकर्षक हुनेमा हामी विश्वस्त छौँ।”
यो सार्वजनिक कार्यक्रम केवल नयाँ कलर भेरियन्टको परिचय मात्र नभई TVS NTORQ को रेसिङ स्पिरिट, युवा ऊर्जा र आधुनिक स्कुटरिङ अनुभवलाई प्रस्तुत गर्ने अवसर पनि बन्यो। सञ्चारकर्मी, क्रिएटर, मोटो भ्लगरर ग्राहकहरूको उपस्थितिले कार्यक्रमलाई अझ जीवन्तर प्रभावशाली बनाएको थियो।
यस सार्वजनिककरणले नेपाली ग्राहकहरूका लागि स्टाइलिश, पर्फमेन्स-केन्द्रित र युवा लक्षित मोबिलिटी सोलुसनहरू उपलब्ध गराउने जगदम्बा मोटर्सको निरन्तर प्रतिबद्धतालाई थप प्रमाणित गरेको छ। TVS ब्रान्डमार्फत कम्पनीले नेपालभरका राइडरहरूको बदलिँदो अपेक्षा अनुसारका मोटरसाइकल र स्कुटरहरू उपलब्ध गराउँदै आएको छ।
देशभर फैलिएको TVS को आधिकारिक डिलर नेटवर्कमार्फत ग्राहकहरूले नजिकैको TVS शोरुममा गई नयाँ TVS NTORQ 125 Race XP Blaze Blue को विशेषता, उपलब्धता र स्वामित्व लाभ बारे थप जानकारी प्राप्त गर्न सक्नेछन्।

