काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका मतदाताको समर्थन पनि समावेश रहेको भन्दै त्यसबारे सोच्न सुझाव दिएका छन्।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले परिवर्तनको अपेक्षा राख्ने विभिन्न विचारका नागरिकहरूले रास्वपालाई मत दिएको उल्लेख गरे।
उनले निषेध र विभाजनको राजनीति भन्दा सहमति र सहकार्यको बाटो रोज्न आग्रह गर्दै विगतका राजनीतिक दलहरूले गरेका कमजोरी दोहोर्याउन नहुने बताए।
लिङ्देनले देशलाई अगाडि बढाउन सबै राजनीतिक शक्तिबीच संवाद र सहमति आवश्यक रहेको धारणा राखे।
साथै, राप्रपा सकारात्मक प्रतिपक्षका रूपमा राम्रो काममा साथ दिने र कमजोरी देखिए खबरदारी गर्ने भूमिकामा रहने स्पष्ट पारे।

