बुधबार, असार १७,२०८३ 04:30:15
Bizshala
  • बुधबार, असार १७,२०८३ 04:30:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बजेट विवाद समाधान हुन नसक्दा लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थगित

Laxmi Sunrise Bank Limited
बजेट विवाद समाधान हुन नसक्दा लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थगित

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखनको मागलाई लिएर जारी राजनीतिक विवाद समाधान हुन नसक्दा लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत ११औँ बैठक पुनः स्थगित गरिएको छ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार बुधबार दिउँसो १ बजे बस्ने तय भएको बैठक प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सभामुखको निर्देशनअनुसार अब बैठक असार २१ गते आइतबार दिउँसो १ बजे बस्ने गरी नयाँ मिति तय गरिएको सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

New Office
CG Motors
Garima Development Bank

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएयता सत्तारूढ गठबन्धनभित्रै असन्तुष्टि चुलिएको छ। नेकपा (एमाले) र नेपाली कांग्रेसका सांसदहरूले बजेट मन्त्रीकेन्द्रित, असन्तुलित तथा पक्षपातपूर्ण ढंगले विनियोजन गरिएको आरोप लगाउँदै बजेट पुनर्लेखनको माग गर्दै आएका छन्।

असन्तुष्ट सांसदहरूले केही मन्त्रीका निर्वाचन क्षेत्रमा ठूलो बजेट विनियोजन गरिएको तर अन्य सांसदका क्षेत्रमा तुलनात्मक रूपमा न्यून बजेट छुट्याइएको दाबी गरेका छन्। उनीहरूले योजनाको छनोटमा पारदर्शिता नअपनाइएको, समानुपातिक वितरणको सिद्धान्त उल्लंघन गरिएको तथा पहुँचका आधारमा बजेट बाँडफाँट गरिएको आरोप लगाएका छन्। माग सम्बोधन नभएसम्म प्रदेशसभा बैठक सञ्चालन हुन नदिने उनीहरूको अडान रहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ३८ करोड रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो। बजेटमाथिको छलफल प्रारम्भ भएदेखि नै विरोध र अवरोधका कारण प्रदेशसभाको बैठक पटक–पटक प्रभावित हुँदै आएको छ।

यसबीच, मुख्यमन्त्री चेतनारायण आचार्यले असन्तुष्ट सांसदहरूसँग संवाद र सहमतिका माध्यमबाट विवाद समाधान गर्ने प्रयास भइरहेको बताएका छन्। यद्यपि, हालसम्म सहमति जुट्न नसक्दा प्रदेशसभा बैठक पुनः स्थगित भएको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.