बुधबार, असार १७,२०८३ 04:48:11
Bizshala
  • बुधबार, असार १७,२०८३ 04:48:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारमा लामो समयपछि फर्कियो रौनक, जानकार भन्छन्, ‘लगानीकर्ताको मनोबल बढेको देखिन्छ’

Laxmi Sunrise Bank Limited
सेयरबजारमा लामो समयपछि फर्कियो रौनक, जानकार भन्छन्, ‘लगानीकर्ताको मनोबल बढेको देखिन्छ’

काठमाण्डौ । लामो समयदेखि घटिरहेको सेयरबजारमा आज उच्च अंकको सुधार आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.७० प्रतिशत अर्थात ४४.५९ अंकले बढेर २ हजार ६५२.९३ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२७ प्रतिशतले बढेर ४५८.५७ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३६२ वटा स्क्रिप्टको ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८६ करोड ११ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब २५ करोड ८७ लाख बढीको सेयर कारोबार भएको थियो।

New Office
CG Motors
Garima Development Bank

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘पछिल्लो समय बजार अप्रत्याशित रुपमा घटेको अवस्था थियो । यसरी बजार घट्नुपर्ने कारण थिएन तर लगानीकर्ताले मनोबल उच्च बनाउन नसक्दा बजार साइडवेजमा चलेको थियो । तर अब लगानीकर्ताहरुको मनोबल बढेको देखिन्छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्ष आइसक्नुभएको छ । लगानीकर्ताहरुले अभिभावक पाएका छन् ।’

उनले थपे, ‘अर्थमन्त्रीले समेत बोर्डका अध्यक्षलाई पूँजीबजार विकासको लागि सकारात्मक कार्य गर्न निर्देशन दिनुभएको छ । यसबाहेक बैंकहरुको ब्याजदर घटेको छ, समग्र देशको आर्थिक सूचकहरु राम्रा छन् र बैंकहरुमा तलरता फालाफाल छ । यसकारण अब लगानीकर्ताहरुले मनोबल कमजोर बनाउनुपर्ने अवस्था छैन । ढुक्कसँग बजारमा लगानी गर्न सक्नेछन् । पूँजीबजारमा अब अलमलिएर बस्नुपर्ने अवस्था छैन ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा हरियाली छायो । आज व्यापार समूह सर्वाधिक अर्थात २.६० प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह १.१४ प्रतिशत, विकास बैंक १.१५, फाइनान्स १.४९, होटल १.६६, हाईड्रो २.४२, लगानी १.६५, जीवन बीमा १.४८, उत्पादन तथा प्रशोधन २.३४, लघुवित्त १.११, म्युचुअल फण्ड ०.५५, निर्जीवन बीमा २.०३ र अन्य १.७६ प्रतिशतले बढ्यो। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज लक्ष्मी सनराइज बैंकको सर्वाधिक सेयर कारोबार भयो । यो बैंकको आज २८ करोड ८४ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलायन्स स्पीनिङ मिल्सको १७ करोड ५१ लाख, आँखुखोला जलविद्युतको १७ करोड २६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ३७ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज स्नो रिभर्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य १४.२२ प्रतिशत, भुजुङ हाईड्रोको १३.९०, कुेथेली बुखरी स्मल हाईड्रोको ९.७३ र मिड सोलु हाईड्रोको सेयरमूल्य ९.३७ प्रतिशतले बढ्यो ।

यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ५.२१ प्रतिशतले घट्यो । यस्तै धौलागिरी लघुवित्तको सेयरमूल्य ४ प्रतिशत र अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य ३.५५ प्रतिशतले घट्यो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.