बुधबार, असार १७,२०८३ 03:06:10
Bizshala
  • बुधबार, असार १७,२०८३ 03:06:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कालंगा र सानिगाड हाइड्रोको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

Laxmi Sunrise Bank Limited
कालंगा र सानिगाड हाइड्रोको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । कालंगा हाइड्रो र सानिगाड हाइड्रोपावरको आईपीओ आज सूचीकृत भएको हो ।  

कालंगा हाइड्रोपावरको कुल १ करोड ४० लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारणलाई वितरण गरिएको ४९ लाख कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेको ९१ लाख कित्ता सेयर रहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, सानिगाड हाइड्रोपावरको २ करोड ८५ लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारणले लगानी गरेको ८५ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड ९९ लाख ५० हजार कित्ता सेयर रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यी दुवै कम्पनीको सेयर भोलिदेखि नै कारोबारमा आउनेछ । कालंगा हाइड्रोको आईपीओ ‘केएएचएल’ र सानिगाडको सेयर ‘एसजीएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

नेप्सेले कालंगा हाइड्रोपावरको सेयरलाई पहिलो कारोबारको लागि ९८.५६ रुपैयाँदेखि अधिकतम २९५.६८ रुपैयाँ ओपनिङ रेञ्ज प्रदान गरेको छ भने सानिगाड हाइड्रोको आईपीओलाई १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.