बुधबार, असार १७,२०८३ 03:56:09
Bizshala
  • बुधबार, असार १७,२०८३ 03:56:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चामलको मूल्यमा भारतीय प्रभाव

Laxmi Sunrise Bank Limited
चामलको मूल्यमा भारतीय प्रभाव

काडमाण्डौ । भारतमा धानको मूल्य वृद्धि सँगै निर्यात नीतिमा आएको परिवर्तनका कारण नेपाली बजारमा चामल महँगिएको छ । पछिल्लो दुई महिनामा चामलको मूल्य क्विन्टलमा ३ सय देखि ४ सय रुपैयाँले वृद्धि भएको व्यवसायीले बताएका छन् ।

उद्योगी तथा व्यवसायीका अनुसार भारतले चामल निर्यात नीतिमा गरेको परिवर्तन, मौसमी परिवर्तनका कारण उत्पादनमा आएको कमी र धानको न्यूनतम समर्थन मूल्य बढाएका कारण नेपाली बजारमा चामल महँगिएको हो । नेपाल पूर्णरूपमा भारतसँग आयातमुखी भएकाले भारतमा हुने मूल्यवृद्धिको प्रत्यक्ष असर नेपालमा पर्ने गरेको छ । यतिखेर चामलको मूल्यमा पनि भारतीय नीतिको प्रभाव परेको व्यापारीहरुको धारणा छ ।

New Office
CG Motors
Garima Development Bank

नेपालमा धान पर्याप्त नभएपछि नेपाली पुर्णरुपमा आयातमा निर्भर रहेकाछन् । भारतले अहिले बंगलादेशका लागि पनि चामल निर्यातको कोटा खोलेको र मौसमी कारणले पनि यसपटक भारतमै धानको उत्पादन एकदमै घटेको कारणले गर्दा धान र चामलको मूल्य बढेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

व्यापारीहरुका अनुसार दुई महिनाअघि प्रतिक्विन्टल २ हजार ६ सय रुपैयाँ रहेको जिरा मसिनो धानको मूल्य अहिले भारतमानै ३ हजार २ सय रुपैयाँ पुगेको छ । २५ केजी जिरा मसिनो चामल २ महिनाअघि १८ देखि १९ सय रुपैयाँ रहेकोमा अहिले बढेर २३ सयदेखि २४ रुपैयाँसम्म पुगेको व्यवसायीहरु बताउँछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.