शुक्रबार, असार १९,२०८३ 06:28:43
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 06:28:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युरोपमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या बढ्दै, फ्रान्समा मात्रै २ हजार बढीको मृत्यु

Laxmi Sunrise Bank Limited
युरोपमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या बढ्दै, फ्रान्समा मात्रै २ हजार बढीको मृत्यु

काठमाण्डौ । जुन महिनामा युरोपभर फैलिएको अभूतपूर्व गर्मी लहरका कारण फ्रान्समा मात्रै एक साताको अवधिमा २ हजार २५ अतिरिक्त मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ। यो संख्या अघिल्लो साताको तुलनामा करिब २९ प्रतिशत बढी हो। फ्रान्सका स्वास्थ्य अधिकारीहरूले वास्तविक मृत्यु संख्या प्रारम्भिक अनुमानभन्दा अझ बढी हुन सक्ने बताएका छन्।

फ्रान्सका अनुसार २२ देखि २८ जुनसम्म विशेषगरी ४५ वर्षभन्दा माथिका व्यक्तिहरूमा मृत्यु उल्लेखनीय रूपमा बढेको छ। राजधानी पेरिस क्षेत्रमा मात्रै मृत्यु दर ६२ प्रतिशतले वृद्धि भएको जनाइएको छ। २४ जुनमा फ्रान्सले आफ्नो इतिहासकै सबैभन्दा उच्च औसत तापक्रम अनुभव गरेको थियो, जहाँ पेरिसमा तापक्रम झन्डै ४१ डिग्री सेल्सियस पुगेको थियो।

New Office
CG Motors
Garima Development Bank

गर्मीका कारण बेल्जियममा १ हजार २२२ अतिरिक्त मृत्यु तथा नेदरल्यान्ड्समा करिब ४८० अतिरिक्त मृत्यु भएको सम्बन्धित स्वास्थ्य निकायहरूले बताएका छन्। अधिकांश मृतक वृद्धवृद्धा रहेका छन्।

फ्रान्समा अत्यधिक गर्मीकै बीच पौडी खेल्ने र चिसिन नदी तथा समुद्रतर्फ जानेहरूको संख्या बढेपछि १८ जुनयता डुबेर ७२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

गर्मीसँगै डढेलोको जोखिम पनि तीव्र रूपमा बढेको छ। फ्रान्समा गर्मी मौसम सुरु भएयता करिब ७ हजार स्थानमा आगलागी भएको छ भने करिब ८ हजार ७०० हेक्टर वन क्षेत्र जलेको छ। दक्षिणी फ्रान्समा लागेको ठूलो डढेलोका कारण करिब ३ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मौसमविद्हरूले आगामी दिनमा फ्रान्स, स्पेन, पोर्चुगल तथा बेलायतका केही भागमा पुनः अत्यधिक गर्मी बढ्ने चेतावनी दिएका छन्। दक्षिणी फ्रान्स तथा आइबेरियन प्रायद्वीपका केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण युरोप विश्वको औसतभन्दा करिब दुई गुणा तीव्र गतिमा तातिरहेको छ। यसले गर्मी लहर, डढेलो, पानीको अभाव तथा स्वास्थ्य जोखिमलाई झन् गम्भीर बनाइरहेको उनीहरूको निष्कर्ष छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.