काठमाण्डौ । इरानले स्ट्रेट अफ हर्मुज क्षेत्रमा व्यवसायिक पानी जहाजहरुमाथि आक्रमण गरेको खबर बाहिरिएसँगै विश्व उर्जा बजारमा कच्चा तेलको मूल्य बढेको छ ।
यतिबेला डब्लूटीआई क्रुडको मूल्य १.१४ प्रतिशतले बढेर प्रतिब्यारेल ६९.३३ डलर पुगेको छ । यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि १.१९ प्रतिशतले उकालो लाग्दै प्रतिब्यारेल ७२.८५ डलरको उचाईमा पुगेको छ ।
इरानले व्यवसायिक जहाजहरुमाथि आक्रमण गरेसँगै विश्वको करिब २० प्रतिशत तेलको आपूर्ति हुने स्ट्रेट अफ हर्मुजमा पुनः समस्या उत्पन्न भएको छ । यसले अमेरिका र इरानबीचको शान्ति सम्झौतामाथि समेत कालो बादल मडारिएको संकेत गरेको छ ।
इरानले स्ट्रेट अफ हर्मुज क्षेत्रबाट आवतजावत गरिरहेका जहाजहरुमाथि कम्तिमा पनि दुईवटा मिसाइल आक्रमण गरेको जनाइएको छ ।

