पाँच महिनाकै न्यूनस्तरमा पुगेको कच्चा तेलको मूल्य बढ्यो, प्रतिब्यारेल कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार दुईदिन बढेको छ । आज डब्लुटीआई क्रुड र ब्रेन्ट क्रुट दुवैको मूल्य बढेको छ । डब्लूटीआई क्रुडको मूल्य ०.५२ प्रतिशत अर्थात ०.३० डलरले बढेर प्रतिब्यारेल ५७.८२ डलर कायम भएको छ ।