बिहीबार, असार ३२,२०८३ 11:50:55
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 11:50:55
Bizshala
Global IME Bank Limited

इरान–अमेरिका तनाव बढेसँगै तेलको मूल्य चार साताकै उच्च विन्दुमा, प्रतिब्यारेल कति पुग्यो ?

इरान–अमेरिका तनाव बढेसँगै तेलको मूल्य चार साताकै उच्च विन्दुमा, प्रतिब्यारेल कति पुग्यो ?
New Office

काठमाण्डौ । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण विश्व ऊर्जा बजारमा अनिश्चितता बढ्दा कच्चा तेलको मूल्य चार साताकै उच्च स्तरमा पुगेको छ। अमेरिकाले इरानी समुद्री आवागमनमाथि पुनः नौसैनिक नाकाबन्दी लागू गरेपछि र स्ट्रेट अफ हर्मुज आसपास सैन्य गतिविधि तीव्र भएपछि तेलको मूल्य उकालो लागेको हो।

मंगलबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य १.९४ प्रतिशतले बढ्दै प्रतिब्यारेल ८४.९२ डलर पुगेको छ । त्यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि २.२३ प्रतिशतले बढेर प्रतिब्यारेल ७९ डलर पुगेको छ । अघिल्लो दिन ब्रेन्टको मूल्य ९.६ प्रतिशतले बढेको थियो, जुन सन् २०२० मेपछि सबैभन्दा ठूलो दैनिक वृद्धि भएको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाह र समुद्री गतिविधिमाथि नाकाबन्दी पुनः लागू गरिएको घोषणा गर्दै स्ट्रेट अफ हर्मुजको सुरक्षा व्यवस्थापनका लागि शुल्क लिने संकेत दिएका छन्। यो जलमार्ग विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो, जहाँबाट ठूलो मात्रामा विश्वव्यापी ऊर्जा आपूर्ति हुने गर्छ।

यसैबीच, खाडी क्षेत्रमा सैन्य तनाव थप चर्किएको छ। यूएईका अनुसार स्ट्रेट अफ हर्मुजको दक्षिणी क्षेत्रमा रहेका दुई यूएई तेल ट्यांकरमाथि इरानी क्रुज क्षेप्यास्त्र आक्रमण भएको छ। घटनामा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको र आठ जना घाइते भएको बताइएको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इरानी सैन्य लक्ष्यविरुद्ध लगातार तेस्रो रात पनि आक्रमण जारी राखेको जनाएको छ। अमेरिकी सेनाले यी कारबाहीले इरानी आक्रमण क्षमता कमजोर पार्ने र होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजको सुरक्षामा सहयोग गर्ने दाबी गरेको छ।

उता, इरानले पनि प्रतिकारात्मक कारबाही जारी राखेको जनाएको छ। इरानी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास र किस द्वीप क्षेत्रमा विस्फोटका घटनाहरू भएका छन्। यसले मध्यपूर्वमा थप सैन्य विस्तारको जोखिम बढाएको छ।

हर्मुजमा अवरोध लामो समयसम्म कायम रहेमा विश्वव्यापी तेल आपूर्ति प्रभावित हुन सक्ने र मूल्यमा थप उतारचढाव आउन सक्ने चेतावनी दिइएको छ। यद्यपि हालको मूल्य युद्धकालीन उच्च स्तर करिब १२० डलर प्रतिव्यारेलभन्दा तल नै रहेको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.