बिहीबार, असार ३२,२०८३ 11:50:45
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 11:50:45
Bizshala
Global IME Bank Limited

किर्तिमानी मूल्यमा बिक्री भयो ६.७० करोड वर्ष पुरानो डायनासोरको जीवाश्म, तोडियो पुरानो रेकर्ड

किर्तिमानी मूल्यमा बिक्री भयो ६.७० करोड वर्ष पुरानो डायनासोरको जीवाश्म, तोडियो पुरानो रेकर्ड
New Office

काठमाण्डौ । विश्वकै सबैभन्दा महँगो डायनासोर जीवाश्मका रूपमा इतिहास बनाउँदै ६ करोड ७० लाख वर्ष पुरानो टायरानोसोरस रेक्सको कंकाल ‘गस’ ५०.१ मिलियन अमेरिकी डलर (करिब ४८२ करोड रुपैयाँ) मा बिक्री भएको छ। यो लिलामी न्युयोर्कस्थित सोथबीले आयोजना गरेको थियो।

‘गस’ नाम दिइएको उक्त टी–रेक्स सन् २०२१ मा अमेरिकाको साउथ डकोटा राज्यमा फेला परेको थियो। करिब १२ फिट ६ इन्च अग्लो र ३८ फिट लामो यो जीवाश्ममा १८३ वटा वास्तविक जीवाश्मीकृत हड्डीहरू छन्, जसले यसको करिब ६१ प्रतिशत कंकाललाई प्रतिनिधित्व गर्छ। वैज्ञानिकहरूका अनुसार यो अहिलेसम्म भेटिएका सबैभन्दा पूर्ण टी–रेक्स नमुनामध्ये एक हो।

लिलामीमा विजेता बनेको व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन। उनले टेलिफोनमार्फत गोप्य रूपमा बोली लगाएका थिए। करिब १० मिनेट चलेको प्रतिस्पर्धात्मक बोलीपछि ‘गस’ ले अघिल्लो सबै रेकर्ड तोडेको हो।

पेलियोन्टोलोजिस्टहरूका अनुसार ‘गस’ को दुर्लभता, संरक्षण अवस्था र वैज्ञानिक महत्वका कारण यसको मूल्य अत्यधिक बढेको हो। यो जीवाश्म उत्खनन गर्न तीन वर्ष लागेको थियो भने त्यसपछि अर्को तीन वर्ष लगाएर हड्डीहरूलाई वैज्ञानिक रूपमा जोडेर तयार गरिएको थियो।

जीवाश्ममा टी–रेक्सको हिंसात्मक जीवनका प्रमाणहरू पनि भेटिएका छन्। यसको खोपडीमा टोकाइका निशान र केही भाँचिएका तर निको भएका करङहरू देखिएका छन्। वैज्ञानिकहरूका अनुसार यी चोटहरू सिकार गर्ने क्रममा वा अन्य डायनासोरसँगको संघर्षका क्रममा लागेको हुन सक्छ।

यसको खोपडी विशेष रूपमा राम्रो अवस्थामा सुरक्षित रहेको थियो। टी–रेक्सको खोपडी निकै भारी र कमजोर हुने भएकाले प्रदर्शनीका क्रममा वास्तविक खोपडीलाई सुरक्षित राख्दै हलुका प्रतिकृति प्रयोग गरिएको थियो। जीवाश्ममा ३० वटा दुर्लभ ग्यास्ट्रालिया र सुरक्षित अवस्थामा रहेको फ्युरकुला पनि भेटिएको छ।

यसअघि सबैभन्दा महँगो डायनासोर जीवाश्मको रेकर्ड २०२४ मा बिक्री भएको स्टेगोसोरस ‘एपेक्स’ को नाममा थियो। उक्त जीवाश्म ४४.६ मिलियन डलरमा ‘बिक्री भएको थियो।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.