Bizshala
  • मंगलवार, असार २३,२०८३ 06:28:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेवाग्राहीमाथि हातपात गरेको आरोपपछि यातायात कार्यालय बाराका निमित्त प्रमुख मन्त्रालय तानिए

Laxmi Sunrise Bank Limited
सेवाग्राहीमाथि हातपात गरेको आरोपपछि यातायात कार्यालय बाराका निमित्त प्रमुख मन्त्रालय तानिए

काठमाण्डौ । कार्यालयमै सेवाग्राहीमाथि हातपात गरेको आरोप लागेपछि यातायात व्यवस्था कार्यालय, बाराका निमित्त प्रमुख चिन्तन आचार्यको जिम्मेवारी खोसिएको छ ।

सेवाग्राहीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले आचार्यलाई जिम्मेवारीबाट हटाउँदै मन्त्रालयमा तानेको हो । मन्त्रालयका सूचना अधिकारी सुनिल साहका अनुसार सोमबार मन्त्रीस्तरीय निर्णयबाट आचार्यलाई मन्त्रालय तानिएको हो ।

New Office
CG Motors
Garima Development Bank

आचार्य हटाइएपछि उनको स्थानमा बारा यातायात व्यवस्था कार्यालयका अधिकृत रामस्वार्थ महतोलाई जिम्मेवारी दिइएको छ ।

घटनाबारे प्रहरी अनुसन्धान जारी रहेको छ । बारा प्रहरीले धनुषा प्रहरीमार्फत आचार्यलाई कार्यालयमा बोलाएर घटनाबारे बुझ्ने काम गरिरहेको जनाएको छ । प्रहरीका अनुसार उनलाई नियन्त्रणमा नलिइए पनि घटनासम्बन्धी सोधपुछ भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत फागुनको तेस्रो सातातिर आचार्यले आफ्नै कार्यकक्षमा सेवाग्राहीमाथि हातपात गरेको आरोप लागेको हो । घटनामा कार्यालयका चौकीदारको समेत संलग्नता देखिएको अनुसन्धानमा खुलेको छ ।

घटना हुँदा ट्राफिक प्रहरीका सई भानुभक्त आचार्यसहित दुई प्रहरी कर्मचारी पनि घटनास्थलमै रहेको बताइएको छ । घटनाको भिडियो बाहिरिएपछि मन्त्रालयले आचार्यमाथि प्रशासनिक कारबाही अघि बढाएको हो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.