काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास बिच आज बुधवार द्धिपक्षिय भेटवार्ता भएको छ ।
द्धिपक्षिय भेटवार्तामा पछिल्लो समय इजरायल जाने नेपाली श्रमिकलाई देखा परेका समस्या समाधान गर्न छलफल भएको छ ।
भेटमा इजरायल जान इच्छुक श्रमिकलाई केन्द्रित गरेर स्वास्थ्य जाँच र भाषा परीक्षाको विषयमा छलफल भएको हो ।
छलफलमा मन्त्री यादव र राजदूत एरी बासले निरन्तर द्धिपक्षिय भेटवार्ता गर्दै श्रमिकका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

