काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको सञ्चालकमा निगेल प्याथ नियुक्त भएका छन् । असार २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले प्याथलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा नियुक्त गरिएको संस्थाद्वारा जारी सूचनामा उल्लेख छ । उनलाई आगामी साधारण सभाबाट अनुमोदन हुनेगरी बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गरिएको हो ।

