शनिबार, बैशाख १३,२०८२ 03:46:00
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 03:46:00
IME remit
Global IME Bank Limited

चिन्तामणि शिवाकोटीको संयोजकत्वमा 'नयाँ स्टक एक्सचेञ्ज अध्ययन समिति' गठन

Hyundai Nepal
चिन्तामणि शिवाकोटीको संयोजकत्वमा 'नयाँ स्टक एक्सचेञ्ज अध्ययन समिति' गठन
Nabil Bank Limited

काठमाण्डौ । भ्रष्ट छविका साथ धितोपत्र बोर्डबाट रमेश हमाल विदा भएपछि सरकारले पुनः नयाँ स्टक एक्सचेञ्जको विषयमा अध्ययन गर्न समिति बनाएको छ ।  

मंगलबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल राष्टबैंकको सञ्चालक समितिका सदस्य तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।  

समितिमा एक कानून व्यवसायी र अर्का एक चार्टर्ड अकाउन्टेन्ट सदस्यको रुपमा रहनेछन् ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सरकारको प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले मंगलबारको मन्त्रीपरिषद बैठकको निर्णयबारे बुधबार जानकारी दिंदै शिवाकोटीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको जानकारी दिइन् । उनले भनिन्–‘धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्था सम्बन्धी अध्ययन गर्न नेपाल राष्टबैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गर्ने निर्णय भएको छ ।’  

भ्रष्ट छवि बनाएका धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालले विभिन्न व्यापारिक समूह र गिरोहको प्रभावमा परेर कार्यकालको उत्तराद्र्धमा हतार हतार दोश्रो स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया सुरु गरेका थिए । करोडौंको खेलमा फसेर यस्तो प्रक्रिया सुरु भएको भन्दै सरकारसम्म उजुरी पुगेपछि त्यो प्रक्रियालाई रोकिएको थियो ।  

अर्थमन्त्रालयले यसअघि पनि दोश्रो स्टक एक्सचेञ्ज आवश्यक रहे नरहेको विषयमा अध्ययन गर्न भने पनि बोर्ड अध्यक्ष हमालले टेरेका थिएनन् । यहीकारण उनको अर्थमन्त्रीसँगको सम्बन्ध बिग्रिएको थियो । निश्चित व्यापारिक घरानाको ईशारामा द्रूत गतिमा नयाँ एक्सचेञ्जलाई लाइसेन्स दिन खोजेका हमाल अर्थमन्त्रीकै असहयोगका कारण यो प्रकरणमा असफल भई बोर्डबाट बाहिरिएका थिए ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.