आईतवार, असार १,२०८२ 10:09:00
  • आईतवार, असार १,२०८२ 10:09:00
Global IME Bank Limited

१२७ वर्ष पुरानो गोदरेज ग्रुप अन्ततः विभाजित, कसको भाग पर्यो कति सम्पत्ति ?

Hyundai Nepal
१२७ वर्ष पुरानो गोदरेज ग्रुप अन्ततः विभाजित, कसको भाग पर्यो कति सम्पत्ति ?
Nabil Bank Limited

काठमाण्डौ । भारत स्वतन्त्र हुनु अघि देखिको व्यवसायिक घराना गोदरेज ग्रुप विभाजन भएको छ । रियल स्टेटदेखि लिएर उपभोग्य वस्तुसम्म कारोबार फैलिएको १२७ वर्ष इतिहास बोेकेको गोदरेज ग्रुपको व्यवसाय अन्नतः दुई भागमा विभाजन भएको हो ।  

विभाजन सम्झौताका अनुसार एक हिस्सा ८२ वर्षिय आदि गोदरेज र उनका भाई नादिरको भागमा परेको छ भने अर्को हिस्सा काका का छोरा जमशेद  र उनकी बहिनी स्मिता गोदरेजको भागमा परेको छ ।  

आदि र नादिरले गोदरेज इन्डस्ट्रिज आफ्नो भागमा पारेका । जसअन्तर्गत ५ वटा सूचीकृत कम्पनीहरु छन् । जमशेद र स्मिताको भागमा भने गैर–लिमिटेड कम्पनी गोदरेज एण्ड बोयस र मुम्बईमा त्यससँग सम्बन्धित मुख्य सम्पत्तिसहित ल्याण्ड बैंक परेको छ ।  

गोदरेज इन्डस्ट्रिज समूहमा सेयर बजारमा सूचीकृत कम्पनीहरु–गोदरेज इन्डस्ट्रिज, गोदरेज कन्ज्युमर, गोदरेज प्रोपटिज्, गोदरेज एग्रोभेट र एस्टेक लाइफ साइन्सेस छन् । यी कम्पनीका अध्यक्ष नादिर गोदरेज हुनेछन् र यसको नियन्त्रण भने नादिर र उनको परिवारले गर्नेछ । आदिका ४२ वर्षिय छोरा पिरोजशा गोदरेज कम्पनीका कार्यकारी उपाध्यक्ष हुनेछन् । उनले सन् २०२६ सम्म नादिरको स्थान ओगट्ने जनाइएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अर्कोतर्फ गोदरेज इन्टरप्राइजेज ग्रुपमा गोदरेज एण्ड बोयस र सहायक कम्पनी समावेश छन् । यसलाई एमडी तथा प्रेसिडेन्ट  जमशेद गोदरेजले नियन्त्रण गर्नेछन् । उनकी बहिनी स्मिताकी ४२ वर्षिय छोरी न्यारिका होल्कर कम्पनीको कार्यकारी निर्देशन बन्नेछिन् । यो ग्रुपसँग मुम्बईमा ३ हजार ४ सय एकडको ल्याण्ड बैंक पनि छ । यो ग्रुपको कुल बजार मूल्य २.३४ लाख करोड भारु छ ।  

गोदरेज ग्रुपमा विभाजनको प्रक्रिया ३ वर्षदेखि चल्दै आएको थियो ।  

गोदरेज ग्रुपको स्थापना सन् १८९७ मा अर्दिेशिर गोदरेवज र पिरोजशा बुर्जोरसी गोदरेजले गरेका थिए ।  

गोदरेज ग्रुपका संस्थापक आर्देशरि गोदरेजले ३ हजार भारुबाट सर्जरी ब्लेडको आफ्नो व्यवसाय गरेका थिए । जुन व्यवसाय धेरै टिक्न सकेन ।  

त्यसपछि उनले साचो चाबी बनाउने व्यवसाय सुरुवात गरेका थिए र विस्तारै व्यवसायलाई विस्तार गर्दै लगेका थिए ।  -एजेन्सी

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.