आईतवार, असार १,२०८२ 10:03:21
  • आईतवार, असार १,२०८२ 10:03:21
Global IME Bank Limited

अमेरिकी प्रतिबन्ध पछि हुवावेको बाउन्सब्याक, नाफामा ५६४% को उछाल

Hyundai Nepal
अमेरिकी प्रतिबन्ध पछि हुवावेको बाउन्सब्याक, नाफामा ५६४% को उछाल
Nabil Bank Limited

काठमाण्डौ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे टेक्नोलोजिजको नाफामा ५६४ प्रतिशतको उछाल आएको छ । कम्पनीले यो वर्षको पहिलो त्रैमासमा १९.६५ बिलियन युआन(२.७१ बिलियन डलर)नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ५६४ प्रतिशतले धेरै हो ।  

अमेरिकी प्रतिबन्धबाट तंग्रिरहेको हुवावेले यो अवधिसम्म १७८.५ बिलियन युआनबराबरको आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा ३७ प्रतिशतले धेरै हो ।  

तर कम्पनीले कुन बिजनेश युनिटले कति आर्जन गरे भन्ने बारे भने केहि पनि खुलाएको छैन ।  

हुवावेका प्रवक्ताले डिजिटलाइजेशन, इन्टिलिजेन्स र डिकार्बनाइजेशनका कारण कम्पनीको आम्दानीमा उछाल आएको बताएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत वर्ष हुवावेले वितको ४ वर्षकै तीव्र आम्दानी गरेको थियो । कम्पनीले कन्ज्युमर सेग्मेन्ट र कार कम्पोनेन्ट जस्ता नयाँ व्यवसायबाट राम्रो आम्दानी गरेको थियो ।  

सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाएपछि कम्पनीको स्मार्टफोनको व्यवसायमा गिरावट आएको थियो । गत वर्ष कम्पनीले घरेलु स्तरमा निर्माण भएको चिप प्रयोग गरेर उच्च प्रविधिको स्मार्टफोन ल्याएको थियो । यसले एप्पलको चिनियाँ बजार हिस्सा आगटेको थियो ।  

गत वर्ष चीनमा एप्पलको बजार हिस्सा १९.७ प्रतिशतबाट झरेर १५.७ प्रतिशतमा सीमित बनेको थियो ।  हुवावेले यो महिनादेखि बहुप्रतिक्षित हाई–इन्ड पु्रा स्मार्ट फोन बेच्न  सुरु गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.