शुक्रबार, बैशाख ४,२०८३ 10:31:22
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 10:31:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गौतम अडाणीका ६ वटा कम्पनीलाई सेबीले जारी गर्यो नोटिस, कारोबार र सूचीकरण कानुन उल्लंघन गरेको आरोप

Bizshala
गौतम अडाणीका ६ वटा कम्पनीलाई सेबीले जारी गर्यो नोटिस, कारोबार र सूचीकरण कानुन उल्लंघन गरेको आरोप
Shivam Cement

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीको फल्यागशिप कम्पनी अडाणी इन्टरप्राइजेज लगायतका ६ वटा कम्पनीलाई त्यहाँको बजार नियामक सेक्युरिटज् एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)ले कारण जनाउ आदेश दिएको छ । यी कम्पनीहरुले कारोबार तथा सूचिकरणका नियमहरु उल्लंघन गरेको आरोप लगाउँदै सेबीले यस्तो नोटिस जारी गरेको हो ।  

अडाणी पोट्स एण्ड स्पेशल इकोनोमिक जोन(सेज)अडाणी इनर्जी, अडाणी पावर,अडाणी विल्मर र अडाणी टोटल ग्यासले आ–आफ्नो एक्सचेञ्ज फाइलिङमा यस बारे जानकारी दिएका छन् ।  

अडाणी इन्टरप्राइजेजले गत ३१ मार्चमा सकिएको त्रैमासिका क्रममा कम्पनीलाई दुईवटा कारण जनाउ नोटिस प्राप्त भएको जनाएको छ । सेबीले यो नोटिस हिंडनबर्ग रिसर्चले लगाएको आरोपको अनुसन्धान पश्चात जारी गरेकोे हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सन् २०२३ को जनवरी २४ मा हिंडनबर्ग रिसर्चले अडाणी ग्रुपमाथि सम्पत्ति शुद्धिकरणदेखि लिएर सेयर म्यानुपुलेसन जस्ता ओरोप लगाएको थियो । यो घटनाको अनुसन्धानका लागि भारतको सर्वोच्च अदालतले ६ सदस्यीय कमिटी गठन गरेको थियो । यसका साथै अदालतले बजार नियामक सेबीलाई समेत अनुसन्धान गर्न निर्देशन दिएको थियो ।  

सेबीले मे २ सम्म प्रतिवेदन पेश गर्नुपर्ने थियो । तर सेबीले सुनुवाईको क्रममा अनुसन्धानका लागि ६  महिनाको समय माग गरेको थियो ।  

सवोच्च अदालतले गत जनवरी ३ मा सेबीलाई बाँकी रहेको दुईवटा मामिलाको अनुसन्धानका लागि ३ महिना को समय दिएको छ । सेबीले २४ मध्ये २२ वटा मुद्दाको जाच पुरा गरिसकेको छ ।  -एजेन्सी

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.