Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए

Global IME Bank Limited
तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि का सेयरधनीले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा कायम भएको छ ।  

सूचीकृत ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा उपसूचक ०.४६ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.०८ प्रतिशतले घटेको छ ।  

आज तीनवटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा सिटिजन लाइफ रहेको छ । कम्पनीको सेयरमूल्य २.६१ प्रतिशतले घटेर ४६३.१० रुपैयाँ पुगेको छ ।  

यसका साथै एलआइसी नेपालको ०६४ प्रतिशतले बढेर १२६५ रुपैयाँ र रिलायबल नेपाल लाइफको ०.२३ प्रतिशतले बढेर ४२७ रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा भने हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.९४ प्रतिशतले घटेर ५७५.१० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, नेपाल पुनर्बीमाको २.१६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.८२ प्रतिशत, आइएमई लाइपको १.८१ प्रतिशत, हिमालयन एभरेष्टको १.७१ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.६८ प्रतिशत, सुर्यज्योति लाइफको १.६८ प्रतिशत, सलिकोको १.४२ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.३६ प्रतिशत, नेपाल लाइफको १.१९ प्रतिशत, एनएलजीको ०.७९ प्रतिशत, हिमालयन लाइफको ०.७२ प्रतिशत, सन नेपाल लाइफको ०.६७ प्रतिशत, शिखरको ०.५८ प्रतिशत, युनाइटेड अजोडको ०.५६ प्रतिशत, एशियन लाइफको ०.५५ प्रतिशत, नेशनल लाइफको ०.२१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१३ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.१० प्रतिशतले सेयरमूल्य घटेको छ ।  

आज सर्वाधिक सिटिजन लाइफको कारोबार भएको छ । कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X