आईतवार, जेष्ठ ३,२०८३ 05:22:23
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:22:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जनउत्थान सामुदायिक लघुवित्तको नाफामा १६३% को उछाल, खुद ब्याज आम्दानीमा भने ८% को गिरावट

Laxmi Sunrise Bank Limited
जनउत्थान सामुदायिक लघुवित्तको नाफामा १६३% को उछाल, खुद ब्याज आम्दानीमा भने ८% को गिरावट
Shivam Cement

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६३.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ३६ लाख १४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा भने घटेको छ । संस्थाले तेस्रो त्रैमाससम्म ६ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८.३० प्रतिशतले कम हो । अघिल्लो आवको समीक्षा अवधिसम्म संस्थाले ६ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । तेस्रो त्रैमाससम्म संस्थाको कुल सञ्चालन आम्दानी ८ करोड ७१ लाख र सञ्चालन मुनाफा ७६ लाख ६ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।  

Bizshala
New Office
CG Motors

संस्थाले कर्मचारीका लागि ५ करोड ९२ लाख र अन्य सञ्चालनका लागि १ करोड ९५ लाख रुपैयाँ खर्च गरेको छ । संस्थाको रिजर्भको आकार ६.२७ प्रतिशतले घट्दै ८ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ ।    

संस्थाको खराब कर्जा अनुपात केहि घटेको छ । संस्थाको खराब कर्जा अनुपात ११.४८ प्रतिशतबाट घटेर १०.३१ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)७.४५ रुपैयाँ ,,प्रतिसेयर नेटवर्थ १५०.२७ रुपैयाँ,मूल्य आम्दानी अनुपात १५१.४० गुणा ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३६३.७५ रुपैयाँ र तरलता अनुपात ६.६७ प्रतिशत कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.