शनिबार, बैशाख १३,२०८२ 06:28:11
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 06:28:11
IME remit
Global IME Bank Limited

धितोपत्र बजार पूँजीकरण १३.९५% ले वृद्धि, बैंक तथा बीमा कम्पनीको हिस्सा ५७.१ %

Hyundai Nepal
धितोपत्र बजार पूँजीकरण १३.९५% ले वृद्धि, बैंक तथा बीमा कम्पनीको हिस्सा ५७.१ %
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण ३२ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म धितोपत्र बजार पूँजीकरण ३२ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ ।  

गत वर्षको यसै अवधिसम्म बजार पूँजीकरण २८ खर्ब १८ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा बजार पूँजीकरण १३.९५ प्रतिशतले वृद्धि भएको हो ।  

त्यस्तै, नेप्से सूचकाङ्क २०८० चैत्र मसान्तमा २०२५.७१ कायम भएको छ । गत वर्ष  चैत्र मसान्तमा नेप्से परिसूचक १९३४.४८ रहेको थियो ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

२०८० चैत्र मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ चैत्रमा सूचीकृत कम्पनीहरूको संख्या २४८ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.१ प्रतिशत रहेको छ । त्यस्तै, जलविद्युत् कम्पनीको हिस्सा १४।९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७।३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ७।१ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.२ प्रतिशत रहेको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.