आईतवार, असार १,२०८२ 10:27:40
  • आईतवार, असार १,२०८२ 10:27:40
Global IME Bank Limited

अमेरिकाद्वारा चिनियाँ वस्तुमा शतप्रतिशतसम्म कर लगाउने घोषणा

Hyundai Nepal
अमेरिकाद्वारा चिनियाँ वस्तुमा शतप्रतिशतसम्म कर लगाउने घोषणा
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ सामानमा शतप्रतिशतसम्म कर लगाउने घोषणा गरेका छन् । बाइडेनले चीनबाट आयात हुने ईभी सवारी साधन,ब्याट्री,स्टील, सौर्य सेल र आल्मुनियम जस्ता वस्तुमा भारी भन्सार शुल्क लगाउने घोषणा गरेका हुन् ।  

यससँगै अमेरिकाले चीनबाट आयात हुने विद्युतीय सवारीमा १०० प्रतिशत,सेमीमन्डक्टरमा ५० प्रतिशत,ब्याट्रीमा २५ प्रतिशत सौर्य प्यानलमा ५० प्रतिशत र स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने भएको छ ।  

राष्ट्रपति निवास ह्वाइट हाउसको रोज गार्डेनबाट राष्ट्रको नाममा सम्बोधन गर्दै बाइडेनले अमेरिकाले आफ्नो इच्छाअनुरुप कुनै पनि कार खरिदलाई निरन्तरता दिन सक्ने र चीनलाई अमेरिकी कार बजारमा नियन्त्रण राख्न अनुमति नदिइने बताए । उनले भने,‘म चीनसँग निष्पक्ष प्रतिस्पर्धा चाहन्छु, संघर्ष होइन । हामी चीनविरुद्ध २१ औं शताब्दीको आर्थिक प्रतिस्पर्धा जित्नका लागि कुनै अन्यको तुलनामा अधिक मजबुत अवस्थामा छौं । किनकी हामी पुनःअमेरिकामा लगानी गर्दैछौं ।’

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बाइडेनले चीनले अतिरिक्त उत्पादनलाई अनुचित रुपमा कम मूल्यमा बजारमा ‘डम्प’ गरेको र यसले विश्वका अन्य उत्पादक तथा व्यवसायीलाई विस्थापित गरेको आरोप लगाए । ‘चिनियाँ वस्तुको मूल्य अनुचित रुपमा कम छ किनभने चिनियाँ कम्पनीहरुलाई मुनाफाको चिन्ता गर्नुपर्ने आवश्यक नै छैन । चीनको सरकारले ती कम्पनीहरुलाई अनुदान दिने भएकाले कम्पनीहरु मुनाफाका बारेमा कम सोच्ने गर्छन ।’बाइडेनले भने ।-एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.