आईतवार, असार १,२०८२ 10:31:55
  • आईतवार, असार १,२०८२ 10:31:55
Global IME Bank Limited

विश्वकै उत्कृष्ट एयरलाइन्सले कर्मचारीलाई ८ महिनाको तलबबराबर बोनस दिने

Hyundai Nepal
विश्वकै उत्कृष्ट एयरलाइन्सले कर्मचारीलाई ८ महिनाको तलबबराबर बोनस दिने
Nabil Bank Limited

काठमाण्डौ । विश्वकै उत्कृष्ट हवाई विमान कम्पनी, सिंगापुर एयरलाइन्सले आफ्ना कर्मचारीलाई ८ महिनाको तलबबराबरको बोनस प्रदान गर्ने भएको छ । कम्पनीको बोनसको विषयमा जानकार व्यक्तिले यसबारे खुलासा गरेको सीएनएनले जनाएको छ ।  

गत  बुधबार कम्पनीले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार कम्पनीले २०२३/२०२४ को आर्थिक वर्षमा १.९८ बिलियन डलरबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

‘चीन,हङकङ, जापान र ताईवान जस्ता उत्तर एशियाली देशहरुले कोरोना महामारीपश्चात सीमा नाकाहरु खुल्ला गरेपछि यो वर्षभरी नै हवाई यात्रा उत्साहजनक रुपले बढ्यो ।’ कम्पनीले आफ्नो आम्दानी प्रतिवेदनमा उल्लेख गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यद्यपी कम्पनीले आगामी वर्षहहरु भने हवाई उद्योगका लागि चुनौतिपूर्ण हुनसक्ने जनाएको छ । ‘भू–राजनीतिक तनाव,बाह्य अर्थतन्त्रको अनिश्चिनता,मुद्रास्फितीको दबाव र आपूर्ति श्रृखलामा उत्पन्न हुने अवरोध हवाई उद्योगका लागि चुनौतिका रुपमा देखिएका छन् ।’ कम्पनीले उल्लेख गरेको छ ।  

सिंगापुरको राष्ट्रिय ध्वजावाहक ‘सिंगापुर एयरलाइन्स’गत वर्ष विश्वकै उत्कृष्ट हवाई कम्पनी घोषणा भएको थियो । स्काईट्रयाक्सले प्रदान गरेको उक्त उपाधि कम्पनीले आफ्नो २३ वर्षे लामो इतिहासमा ५ औं पटक प्राप्त गरेको हो ।  

कर्मचारीलाई उच्च बोनस दिने सिंगापुर एयरलाइन्स एक्लो कम्पनी भने होइन । गत साता दुबईको इमिरेट्सले पनि आफ्ना कर्मचारीहरुलाई २० साताको तलबबराबरको बोनस दिने घोषणा गरेको थियो ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.