आईतवार, असार १,२०८२ 10:01:50
  • आईतवार, असार १,२०८२ 10:01:50
Global IME Bank Limited

सुतेबापत पैसा दिने अचम्मको कम्पनी, मासिक दिन्छ आकर्षक बोनस

Hyundai Nepal
सुतेबापत पैसा दिने अचम्मको कम्पनी, मासिक दिन्छ आकर्षक बोनस
Nabil Bank Limited

काठमाण्डौ । के कुनै कम्पनीले सुतेकै भरमा पैसा दिन्छ होला ? झट्ट सुन्दा यो प्रश्न नै गलत जस्तो लाग्न सक्छ । तर एउटा यस्तो कम्पनी छ जसले आफ्ना कर्मचारीहरुलाई सुतेबापत पैसा दिईरहेको छ । यो कम्पनीको हो,फिटनेस ट्रयाकर कम्पनी ‘हुप’ । फिटनेस ट्रयाकर क्षेत्रको चर्चित कम्पनी हुप केहि दिन पहिले आफ्नो हेल्थ ट्रयाकिङ ब्याण्डका लागि चर्चित भएको थियो ।  

हालै हुपका सीईओ विल अहमदले केहि तथ्य सार्वजनिक गरेका थिए । उनले अन्तरवार्ताका क्रममा कम्पनीले ‘अनलक ह्युमन परफरमेन्स’को उदेश्यमा काम गरिरहेको बताएका थिए ।    

सन् २०२१ मा यो कम्पनीले २० करोड डलरबराबरको फण्ड जुटाएको थियो । कम्पनीको सुरुवात सन् २०१२ मा भएको थियो र हाल कम्पनीमा ५ सय जना कर्मचारी कार्यरत छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीका सीईओ अहमदले कम्पनीले आफ्ना कर्मचारीलाई स्ुतेबापत बोनस दिने गरेको बताएका छन् । यस्तै उनले सबै कर्मचारीलाई ‘हुप ब्याण्ड’ र सदस्यता निःशुल्क उपलब्ध गराउने गरेको समेत बताएका छन् ।  

यसका साथै कम्पनीले एउटा अतिरित्त ब्याण्ड पनि दिेन गरेको छ । नसलाई कर्मचारीहरुले आफ्ना परिवारका सदस्य तथा साथीहरुलाई दिन सक्छन् । जुन कर्मचारीको सुत्ने क्षमता ८५ प्रतिशत वा त्यो भन्दा अधिक हुन्छ,उसलाई प्रत्येक महिना १ सय डलर बोनसको रुपमा दिईने गरेको अहमदले बताएका छन् ।  

यसका साथै कम्पनीले एआई प्रविधिमाथि पनि काम गरिरहेको छ । -एजेन्सी   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.