आईतवार, बैशाख १४,२०८२ 04:35:25
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 04:35:25
IME remit
Global IME Bank Limited

अडाणीमाथि स्वच्छ इन्धनको नाममा कम गुणस्तरको कोइला बिक्री गरेर मनग्य आर्जन गरेको आरोप

Hyundai Nepal
अडाणीमाथि स्वच्छ इन्धनको नाममा कम गुणस्तरको कोइला बिक्री गरेर मनग्य आर्जन गरेको आरोप
Nabil Bank Limited

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीमाथि स्वच्छ इन्धनको नाममा कम गुणस्तरको कोइला बिक्री गरेको आरोप लागेको छ । बेलायतको अखबार ‘फाइनान्सियल टाइम्स’ले भारतको सरकारी स्वामित्वको‘तमिलनाडु जेनेरेशन एण्ड डिस्ट्रीब्युसन कर्पोरेशन(टीएएनजीईडीसीओ)लाई अडाणी ग्रुपले स्वच्छ इन्धनको नाममा कम गुणस्तरको कोइला अधिक मूल्यमा बिक्री गरिरहेको गरेको आरोप लगाएको हो ।  

फाइनान्सियल टाइम्सको रिपोर्टका अनुसार अडाणी ग्रुपले सरकारी विद्युत कम्पनीसँग गरेको यो कारोबारले कोइला घोटालाको आरोपमा नयाँ मोड लिएको जनाएको छ । यस्तै रिपोर्टमा ‘अर्गेनाइजेशन क्राइम करप्शन रिपोटिङ प्रोजेक्ट’ले यो घोटालाको सबै कागजातहरु सुरक्षित राखेको उल्लेख गरिएको छ । फाइनान्सियल टाइम्सले सोही दस्तावेजको समीक्षा गर्दै अडाणी ग्रुपमाथि आरोप लगाएको हो ।  

रिपोर्टमा अडाणी ग्रुपले इन्धनको गुणस्तरमा धोखाधडी गरेर बम्पर मुनाफा आर्जन गरिरहरको हुन सक्ने जनाइएको छ । अडाणी ग्रुपले सन् २०१४ मा इन्डोनेशियाबाट एक खेप कोइला खरिद गरेको र यसमा प्रति किलोग्राम ३ हजार ५ सय क्यालोरी भएको उल्लेख गरिएको छ । यो कोइला टीएएनजीईडीसीओलाई ६ हजार क्यालोरीको कोइलाको रुपमा बिक्री गरिएको फाइनान्सियल टाइम्सले जनाएको छ । ६ हजार क्यालोरीको कोइलालाई सबैभन्दा मूल्यवान ग्रेडमध्ये एक मान्ने गरिन्छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

रिपोर्टमा परिवहन लागतलाई मध्यनजर गर्दै अडाणीले सुरुवाती लगानीको तुलनामा दुई गुणाभन्दा बढी पैसा कमाएको अनुमान गरिएको छ । कम गुणस्तरको कोइलाको प्रयोगले भारतमा हावा प्रदुषणको मात्रा वृद्धि भईरहेको र यसका कारण प्रत्येक वर्ष २० लाख भारतीय नागरिकको मृत्यु भईरहेको छ । यो तथ्यांक सन् २०२२ को एक अध्ययन प्रतिवेदनमा आधारित छ ।  

यो रिपोर्टले  भारतको चुनावी माहौलमा समेत प्रवशे पाएको छ । यो विषयलाई भारतीय कांग्रेसले आक्रामक रुपमा प्रस्तुत गरेको छ । पार्टी अध्यक्ष राहुल गान्धीले यो घोटालाका विषयमा बीजेपी सरकारलाई निशाना बनाएका छन् । -एजेन्सी   

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.