सोमबार, बैशाख ७,२०८३ 05:06:48
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 05:06:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटलबीच व्यवसायिक सम्झौता

Bizshala
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटलबीच व्यवसायिक सम्झौता
Shivam Cement

काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड र .नयाँ बजार काठमाण्डौमा रहेको पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  

सहमतिपत्रमा पिपुल्स डेन्टल कलेजका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर चन्द र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका छन् ।

उक्त सहमतिपत्रमा उल्लेख भएबमोजिम नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लेखनाथमार्ग ठमेल, काठमाण्डौमार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ताहरुले दन्त परिक्षण निःशुल्क, दाँत सफा गर्दा २० प्रतिशत, दाँत निकाल्ने र दाँतभर्दा १५ प्रतिशत तथा दाँतसम्बन्धी अन्य सेवामा ५ प्रतिशत तथा जनरल अस्पताल, नयाँ बजारले सञ्चालन गर्ने सेवाहरुमा परीक्षण निःशुल्क पाइनुका साथै, बेड चार्जमा १५ प्रतिशत तथा ल्याब, भिडियो एक्स् रे, ईसीजी र ओटीमा क्रमशः १० प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल, नयाँ बजार काठमाण्डौ सन् १९९७ मा स्थापना भई हालसम्म अनवरत रुपमा सञ्चालित त्रिभुवन विश्वविद्यालयद्धारा सम्बन्धन प्राप्त नेपालकै प्रथम डेन्टल कलेज एण्ड हस्पिटल हो । जसले डेन्टल कलेज तथा जनरल अस्पताल सञ्चालन गरी विभिन्न स्वास्थ्य सम्बन्धी सेवा सुविधा प्रदान गर्दै  आइरहेको छ । 

सम्झौता कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे भने पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर चन्दले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाई हासिल हुने अपेक्षा राखे ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.