आईतवार, असार १,२०८२ 10:17:42
  • आईतवार, असार १,२०८२ 10:17:42
Global IME Bank Limited

भारतको चुनावमा हेलिकप्टरको माग अत्यधिक, हवाई व्यवसायी मालामाला बन्दैं

Hyundai Nepal
भारतको चुनावमा हेलिकप्टरको माग अत्यधिक, हवाई व्यवसायी मालामाला बन्दैं
Nabil Bank Limited

काठमाण्डौ । भारतमा अहिले लोकसभा निर्वाचनमा जारी छ । अहिलेसम्म ६ चरणको मतदान सकिएको छ भने अब एक चरणको मात्रै हुन बाँकी छ । जुन आगामी जुन १ मा हुनेछ ।  

भारतको यो चुनावी मौसममा त्यहाँका हेलिकप्टर अपरेटरहरुको व्यवसायमा व्यापक वृद्धि भएको छ । आगामी ४ जुनसम्म हेलिकप्टर अपरेटरहरुको आम्दानी ३५०–४०० करोड भारुसम्म पुग्न सक्ने भारतीय मिडियाले जनाएका छन् । भारतमा निर्वाचनको क्रममा प्रसार प्रसारका लागि हेलिकप्टरको प्रयोग अत्यधिक हुने गरेको छ ।  

हेलिकप्ट्रको बढ्दो मागका कारण त्यहाँका हेलिकप्टर अपरेटरहरुले शुल्क पनि ५० प्रतिशतसम्म वृद्धि गरेका छन् । अत्यधिक मागका कारण केहि राजनीतिक उम्मेदवारहरुले हेलिकप्टर चाटर्डका लागि पालो समेत कुरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । बिजनेश टुडेको रिपोर्टका अनुसार भारतमा एक घण्टाका लागि हेलिकप्टर चाटर्ड गर्दा ३ लाख भारु शुल्क लाग्छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रिपोर्टमा चुनाव प्रचार अभियानका लागि ६ देखि ७ जनासम्म बस्न मिल्ने क्षमताको बीइएल४०७ जस्तो सिंगल इन्जिन भएको हेलिकप्टरको चाटर्ड शुल्क १.३ देखि १.५ लाख भारुसम्म पुगेको छ ।  

त्यस्तै ७ देखि ८ जना क्षमताको अगस्टा एडब्लु१०९ र एच१४५ एयरबस हेलिकप्टरको शुल्क पनि प्रति घण्टा २.३ देखि ३ लाख भारुसम्म पुगेको छ ।  

१५ सिट क्षमताको अगस्टा वेस्टल्याण्डको शुल्क प्रतिघण्टा ४ लाख भारुबाट सुरु हुने जनाइएको छ ।  

भारतको चुनावका क्रममा हेलिकप्टर अपरेटरहरुले ४०–५० दिनका लागि लामो अवधिका लागि सम्झौता गरेका हुन्छन् ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.