IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 11:09:36
IME remit
Global IME Bank Limited

दोहोरो अंकले घट्यो नेप्से,‘बजेटमा पूँजी बजारसम्बन्धी ठोस विषय नआउँदा लगानीकर्ता निरुत्साहित’

Hyundai Nepal
दोहोरो अंकले घट्यो नेप्से,‘बजेटमा पूँजी बजारसम्बन्धी ठोस विषय नआउँदा लगानीकर्ता निरुत्साहित’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१२ प्रतिशत अर्थात २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२७ प्रतिशतले घटेर ३७४.०९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार सुवासचन्द्र ढंगाना भन्छन्, ‘आजको बजारको घटाई बजेटकै प्रतिक्रिया हो । अघिल्लो बजेटहरुमा पनि बजार घट्ने नै गरेको थियो । आज बजारमा रिटेलरहरु बुलिस रहेतापनि ‘बिग मनि’ले सप्लाई दिएका कारण र हाई क्याप भएको बैंकिङ समूहमा नाफा बुक भएका कारण बजार घटेको हो ।’

प्राविधिक रुपमा अघिल्लो दिनको अनिर्णयको क्याण्डलपछि आज बियरिस प्रकृतिको क्याण्डल बनेका कारण बजारमा केहि समय करेक्सन आएर पुनःबजारले माथिको यात्रा तय गर्न सक्ने उनले बताए ।  

अर्का बजार जानकार दामोदर गजुरेलको विचारमा हिजो आएको बजेटमा पूँजी बजारको विषयमा कुनै पनि ठोस विषय नआउँदा बजार घट्न पुगेको हो । ‘लगानीकर्ताको सुझाव अनुरुप पूँजीगत लाभकर पनि घटेन र एनआरएनलाई नेपालको पूँजी बजारमा प्रवेश गराउने विषय पनि नसमेटिएकाले बजारले आज ओरालो यात्रा तय गरेको हो ।’ उनले भने ।  

विगतको जस्तै गोलमटोल बजेट आएका कारण लगानीकर्तामा उत्साह नआएको गजुरेलले दाबी गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूह बढ्यो भने ८ वटा घट्यो र एउटा समूह भने अपरिवर्तित रह्यो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह आज २.६८ प्रतिशतले बढ्यो । आज वित्त समूह ०.१४, होटल १.१३ र व्यापार समूह ०.६९ प्रतिशतले बढ्यो ।  

म्युचुअल फण्ड समूह भने आज अपरिवर्तित रह्यो । आज बैंकिङ समूहमा सर्वाधिक गिरावट आयो । बैंकिङ समूह २.९४ प्रतिशतले घटेको आज विकास बैंक १.११, हाईड्रो ०.११, लगानी ०.८३,जीवन बीमा १.३०,लघुवित्त १.७१,निर्जीवन बीमा ०.९६ र अन्य समूह ०.७० प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार  भयो । आज यो कम्पनीको १९ करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै आज सिईडिबि हाईड्रोको १९ करोड २७ लाख,सर्वोत्तम सिमेन्टको १४ करोड १० लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड २८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज युनिलिभर नेपाल,कालिञ्चोक दर्शन,अपर लोहोरे खोला र भगवति हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यो दिन पोखरा फाइनान्सको सेयरमूल्य ८.१७ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको ७.६५ र नेपाल वेयरहाउजिङको सेयरमूल्य ६.०६ प्रतिशतले बढ्यो ।  

आज बुद्धभुमी नेपालको सेयरमूल्य सर्वाधिक अर्थात ९.४१ प्रतिशतले घट्यो ।    

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.