आईतवार, बैशाख १४,२०८२ 04:34:36
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 04:34:36
IME remit
Global IME Bank Limited

लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने प्रदेश सभा सदस्य श्रेष्ठको माग

Hyundai Nepal
लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने प्रदेश सभा सदस्य श्रेष्ठको माग
Nabil Bank Limited

काठमाण्डौ । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्दै पर्यटनलाई प्राथमिकता दिन सके प्रदेशको आम्दानीको श्रोत बढ्ने बताएका हुन् ।  

उनले घरेलु उत्पादनलाई पर्यटनसँग जोड्न विभिन्न कार्यक्रम ल्याउनु पर्ने आवश्यक रहेको श्रेष्ठले बताए। प्रदेश भित्र विभिन्न जनजातीहरुकोले उत्पादन गर्दै आएको घरेलु मदिरा उत्कृष्ट मदिरामा पर्ने गरेको र विदेशी मदिरालाई रोक लागाई प्रदेश भित्रका आदिवासी जनजातिले उत्पादन गर्दै आएका मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउन सके प्रदेशको आम्दानीको ठुलो श्रोत बढाउन सकिने धोरणा उनले व्यक्त गरे।  

लोकल मदिरालाई ब्राण्डीङ गर्न आवश्यक कानुन बनाई कार्यान्वयनमा ल्याउन सरकार समक्ष श्रेष्ठले ध्यानाकर्षण गराए । यसमार्फत आदिवासी जनजातिहरूको जीवनस्तर उकास्न ठुलो टेवा पुग्ने तथा प्रदेशको आम्दानीको दायरा समेत बढ्ने तर हाल सम्म सरकारको ध्यान यसमा पर्न नसक्नु अचम्मको विषय भएको उनले बताए ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उनले प्रदेशको आम्दानीको श्रोत दिन प्रतिदिन घट्दो रहेको र बजेटमा उत्पादनलाई प्राथमिकता दिन नसक्दा जनताहरूको सङ्घीयताप्रति नै प्रश्न चिन्ह खडा भएको बताए  ।  

‘प्रदेशको आम्दानीको श्रोत भनेको पर्यटन क्षेत्र र घरेलु उत्पादन नै प्रमुख हो । पर्यटन क्षेत्रको विकास बिना अबको आर्थिक रूपान्तरणको पाटो सबल बन्न सक्ने अवस्था देखिँदैन तर पनि बागमती प्रदेश भित्रका सम्पदाको अवस्था बेहाल छ यिनको संरक्षण र प्रर्वदन गरी आर्थिक रूपान्तरणमा भूमिका निर्वाह गर्न बागमती प्रदेशसभाको भूमिका अझै मजबुत हुनु पर्छ,’उनले भने,‘प्रदेश भित्र नेपालका दश विश्व सम्पदा क्षेत्र मध्य ८ वटा यसै प्रदेशमा पर्दछ । भक्तपुरकै गौरवका पुरातात्त्विक सम्पदाहरू भक्तपुर दरबार स्क्वायर, न्यातपोल, चाँगुनारायण मन्दिर, नगरकोट, त्रिशुलडाँडा, बौद्ध धर्मको सबै भन्दा पवित्र स्थान मिलारेप्पा अर्थात् महामञ्जुश्री , नगरकोटको रत्नचुडेश्वर महादेव पोखरी, ताथलीको गढी, भक्तपुरका विभिन्न स्थानमा रहेका चट्टान अभिलेखहरू, ध्याम्पेडाँडा, धार्मिक पर्यटकीय स्थान सूर्यविनायक मन्दिर, डोलेश्वर मन्दिर,  लगायत भक्तपुरका दुई दर्जन भन्दा बढी प्राकृतिक तथा पुरातात्त्विक स्थानहरूको प्रचार प्रसारका अभाव देखिएको छ ।’

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.